कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा शिवप्रसाद भुसाल चयन

बुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै प्रदेश उपाध्यक्षमा प्रमोद पन्थी, सचिवमा कृष्ण प्रसाद घिमिरे, सह सचिवमा गोपाल तिवारी र कोषाध्यक्षमा कमल घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा अनिल सापकोटा र दिपक ढडरिया चयन भएका छन् ।

त्यस्तै विमलकुमार जि.सीको संयोजकत्वमा सल्लाहकार कमिटि पनि चयन भएको छ ।

जसको सदस्यमा विकास पाण्डे, सन्तोष पौडेल र सन्तोष भुसाल रहेका छन् । चयन भएकापदाधिकारी तथा सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइराला, बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, सचिव अमित अधिकारी र केन्द्रीय सदस्य मुक्तिनाथ न्यौपाने (सन्तोष)ले अविर तथा खादा लगाएर शुभकामना दिएका थिए ।

संघले देशका ७ वटै प्रदेशमा कमिटि गठन गर्ने योजना अनुसार लुम्बिनी प्रदेशमा पनि रिकन्डिसन अटो व्यवसायीहरुलाई संगठित गरेको बताएको छ ।

संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइरालाले व्यवसायीको हक हित प्रबद्र्धन गर्ने उद्देश्यले संघ गठन भएको बताए ।

देशभर रिकन्डिसन अटो व्यवसायीहरु संघमा १५० जना आबद्ध रहेका छन् ।

लुम्बिनी प्रदेशमा बाट मात्र संघमा २० जना आबद्ध छन् । अध्यक्षमा चयन हुनुभएका शिव प्रसाद भुसाले व्यवसायीहरुलाई एकताबद्ध ढंगले अघि बढाउने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित