रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

दाङमा लगातार परिरहेको पानीका कारण बस्ती डुबानमा पर्न थालेका छन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेकाे हाे।

बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ। नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित