निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

दाङमा डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

दाङमा लगातार परिरहेको पानीका कारण बस्ती डुबानमा पर्न थालेका छन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेकाे हाे।

बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ। नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित