बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो लुम्बिनीका ‘धनी सांसद’मा नैतिकताको खडेरी (ईन्फोग्राफिक्स सहित) तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’ लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन तिलोत्तमाबाट देखिएको खुलेको आकाश (फोटो फिचर) धेरै भूभागमा पानी पर्दै, अबको ३ दिन कता-कता छ भारी वर्षाको सम्भावना? बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ? रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा                
समाचार :

छियाछिया चुरे क्षेत्रमा बैकल्पिक सडक

बुटवल । लुम्बिनी प्रदेश सरकारले अघि सारेको झुम्सा–चरंगे सडक बजेट अभावका कारण सुस्त गतिमा अगाडि बढेको छ । पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रको त्रासदीपूर्ण सडकको विकल्प भन्दै प्रदेश सरकारले यो आयोजनालाई आर्थिक बर्ष ०७५÷०७६ मा बैकल्पिक मार्गका रुपमा अघि बढाएको थियो ।

बैकल्पिक सडक भनिएको यो सडक निर्माण सुरु भएको ५ बर्ष वितिसक्दा पनि अझै ५ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन् । कुल २१ किलोमिटर लामो सडक कहिले पूरा हुन्छ यसै भन्न सकिदैन ।

प्रदेश सरकारले यो आयोजना अघि बढाउनु अघि संवेदनशिल चुरे क्षेत्रमा ०६९ सालमै तत्कालिन गाविसहरुको सहयोगबाट ट्रयाक खोलिएको थियो । पछि सरकारले कुनै पनि अध्यायन विना नै चुरे क्षेत्रमा खोलिएको ट्रयाक लाई बैकल्पिक सडक बनाउने भन्दै सुरुवाती बर्षमा १० करोड बजेट छुट्टाएर सडक निर्माण थाल्यो ।

बुटवल उपमहानगरपालिका सिमाना नजिकै देवदह– १० चंरंगे बाट चुरे क्षेत्र भएर मुढाबास, चौकीभञ्जाङ हुंदै पाल्पाको झुम्सा पुलनजिकै पुगेर जोडिने यो सडकमा अहिले सम्म प्रदेश सरकारले ३५ करोड भन्दा बढि बजेट खर्च गरिसकेको छ ।

दुई जिल्लामा पर्ने भएकाले झुम्सा–चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय, पाल्पाले र चौकी भन्ज्याङ– धागो कारखाना साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दै छन ।

बातावरण विद् युवराज कंडेल चुरे क्षेत्रको कमजोर भूभागलाई आकंलन नगरी बैकल्पिक सडक बनाइएको भन्दै यो सडक दिगो नहुने बताउ । उनले रुपन्देही तर्फका ४ किलोमिटर सडक खण्डमा निकै संवेदशिल चुरे क्षेत्र रहेको भन्दै त्यहां बर्षेनी कटान र भुक्षय भइरहेको बताए ।
जथाभावी चुरेको कमजोर भागमा डोजर चलाउँदा पानीका मूल, खोला खोल्सीको पानी निकास नहुँदा हरेक वर्ष हिउँद होस वा बर्खामा पानी पर्दा माथिबाट पहिरो झरिहाल्ने र त्यसले सडक बगाउँने गरेको उनले बताए ।

लुम्बिनी प्रदेशका पुर्व भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले कांग्रेस नेतृत्वको सरकारले बजेटमा प्राथमिकता नदिदा सडक निर्माणले गति नलिएको बताए । ‘हामी सरकारमा रहँदा रहेक बर्ष १० करोडका दरले बजेट छुटाएका थियौ । काम पनि भएको थियो । तर पछिल्लो सरकारले १÷२ करोड बजेट यो सडकमा राख्दा कामले गति लिएन’ उनले भने ।

उनले धागो कारखाना–झुम्सा सडकको महत्व अझ बढेको भन्दै यसलाई छिटो सम्पन्न गर्न सरकार लाग्नुपर्ने बताए । पाल्पा क्षेत्र नं. २ (ख) का सांसद विर बहादुर रानाले ट्याक खुलेको अवस्थामै सडक निर्माणको योजना अघि बढेकाले चुरे क्षेत्रमा धेरै क्षति नभएको बताए । साथै उनले बजेट अभावकै कारण उक्त सडक समयमै बन्न नसकेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार