
बुटवल, २१ असार । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका अब्यवस्थित बसोवार गर्दै आएका १३ सय नागरिकले आफुहरुलाई भू–माफियाले विस्थापित गराउन खोजेको भन्दै सहयोगको माग गरेका छन् । आफुहरु उक्त स्थानमा २२ वर्षदेखि बस्दै आएको भन्दै त्यहाँका स्थानीय १३ सय घर धुरीले आफुहरुले भोग गर्दै आएको जग्गामा आफुहरुकै अधिकार हुने भन्दै भू–माफियाबाट आफ्नो जग्गाको रक्षा गरि दिन संचारकर्मीहरुसँग गुहार मागेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि सोझा जनतालाई लालपुजा दिन्छु भनेर केहीले पैसा उठाउने र खाने गरेको र लालपुर्जाको लोभ देखाउँदै अहिले केही भु–माफियाले आफुहरुलाई विस्थापित गराउन खोजेको भन्दै न्याय दिनु पर्ने माग गरेका हुन् । स्थानीय दुर्गा एकता टोल विकास संस्था, बुद्ध टोल विकास संस्था, शिवालय टोल विकास संस्था, अक्लापुरी टोल विकास संस्था र जागरण टोल विकास संस्थाका नागरिकले बास्तविकता बाहिर ल्याएर भुमाफियाबाट आफुहरुलाई जोगाउन माग गरेका हुन् । पत्रकार सम्मेलनमा दुर्गा एकता टोल विकास संस्थाका अध्यक्ष देवी पौडेलले २०५९ साल माघ २८ गतेदेखि अव्यवस्थित रुपमा करिव १३ सय २० घरधुरि हकभोग गरि उक्त स्थानमा घर बनाई बस्दै आएकालाई विस्थापि गर्न खोजिएको बताए । उनले बुटवल ११ को साविक नक्सा सिट नं. बुटवल ९÷ग कित्ता नं १५७÷१५८÷१५९÷१६० र १७१ को जग्गा २०३८ सालको बाढि पश्चात खालि रहेको र उक्त जग्गामा आफुहरु बस्दै आएको बताए । उनले २०७७ सालमा उक्त किन्तामा बसोवासगर्नेहरुले अव्यवस्थित भुमिहिन सुकुम्बासि आयोग माफत फर्म भरेर निशा समेत पाईसकेको अवस्थामा अहिले वडानम्बर ११ का केही भुमाफियाको मिलिमतोमा किर्ते रुपमा टोल अध्यक्ष, केही अगुवा भनिने भू–माफियाहरुको मिलेमतोमा उक्त कित्ताहरुको जग्गामा बसोवास गर्नेहरुलाई जरगाधनि प्रमाणपुजा उपलब्ध गराईदिनेछौ भनि रकम असुलेको बताए । उक्त घरधुरि मध्य किल कित्ता न १५७ बाट ४८ घरधुरि लाई प्रत्यक घरवाट एकलाख पच्चिस हजारको दरले २०७५ सालमा वुझेको र कित्ता न १५८ बाट छ लाखदेखि आठ लाख सम्म पैसा उठाई वसोवास गरेकालाई जग्गाधनि बनाउने लालच देखाई भ्रम फैलाएर नक्कली किर्ते साहु खंडागरेको उनको भनाई छ। पत्रकार सम्मेलनमा स्थानीय प्रकाश काफ्लेले आफुहरु विस वर्षदेखि बस्दै आएको जग्गामा अहिले नक्कली साहु खडा गरि भुमाफियाले आफुहरुलाई विस्थापि गराउन खोजेको आरोप लगाए । आफुहरुले हकभोग गर्दै आएको जग्गामा आफुहरुकै अधिकार हुने भएकाले सत्यतथ्य पत्ता लगाएर आफुहरुलाई भुमाफियाबाट विस्थापित हुन बाट जोगाउन संचाकर्मीसँग आग्रह गरे ।
शुक्रबार स्थानीय आधा दर्जन टोल विकास संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा बुटवल उप– बाहानगर पालिका वार्ड न ११ ले २०७७ सालमा भूमिहिन सुकुम्वासि आयोग मार्फत फर्म भरि निशा मेत बाडेको जग्गालाई पुन बुटवल उप–माहानगर पालिका वार्ड न. ११ वाटनै ९ ग कित्ता न १५८ ०–१७–०९ लिल वहादुर विश्वकर्मा ९ ग किल्ला न १५७ को ०–१८–१४ अशोक सिह सुहागन र कित्ता न १७१ को ३–०–० विनोद बहादुर सार्कीको नाम तथा क्षेत्रफल समेत किटान गरि ब्यक्तिको नाउमा मिति २०७८ मालमा सुचना जाहेर गरि किर्ते साहुलाई सहयोग गरेको आशंकामा सम्पूर्ण टोल विकाश सस्थाको सहकार्यमा वडा कार्यालयवाट सिफारिस लिई नापि कार्यालयको रेकर्ड हेदां ९ ग कित्ता नं. १७१ र १५७ को श्रेष्ता मा रेकंड नभएको १५८ सरकारको नाममा रहेको कित्ता न. १५९ र १६० जिल्ला विकाश समितिको नाउँमा रहेको उल्लेख गरिएको छ ।