कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

आजदेखि मनसुन अझ सक्रिय: ३० जिल्ला उच्च, ३४ जिल्ला मध्यम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ।

शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना

महाशाखाका अनुसार यस अवधिमा गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा देखिएका छन्।

अर्थात् यी ३ दिन हुने वर्षाका कारण गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्व, कर्णालीका जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जोखिममा देखिएका हुन्।

यस्तै कोसी प्रदेशका १४, मधेसको १, बागमतीका ७, गण्डकीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिमका २ गरी ३४ जिल्ला वर्षाको मध्यम जोखिममा छन्। महाशाखाका अनुसार उक्त अवधिमा कोसीका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु, उदयपुर, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगा, मधेसको सप्तरी, बागमतीका रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा र रसुवा, गण्डकीका मनाङ, लमजुङ र गोरखा, लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीका डोल्पा, मुगु, सुर्खेत र सल्यान र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर वर्षाको मध्यम जोखिममा रहेका हुन्।

महाशाखाका अनुसार मधेसका ७ र बागमतीका ६ गरी १३ जिल्ला भने वर्षाको न्यून जोखिममा छन्। मधेसका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा तथा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट र धादिङलाई मौसम महाशाखाले न्यून जोखिममा राखेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित