रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

आजदेखि मनसुन अझ सक्रिय: ३० जिल्ला उच्च, ३४ जिल्ला मध्यम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ।

शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना

महाशाखाका अनुसार यस अवधिमा गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा देखिएका छन्।

अर्थात् यी ३ दिन हुने वर्षाका कारण गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्व, कर्णालीका जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जोखिममा देखिएका हुन्।

यस्तै कोसी प्रदेशका १४, मधेसको १, बागमतीका ७, गण्डकीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिमका २ गरी ३४ जिल्ला वर्षाको मध्यम जोखिममा छन्। महाशाखाका अनुसार उक्त अवधिमा कोसीका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु, उदयपुर, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगा, मधेसको सप्तरी, बागमतीका रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा र रसुवा, गण्डकीका मनाङ, लमजुङ र गोरखा, लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीका डोल्पा, मुगु, सुर्खेत र सल्यान र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर वर्षाको मध्यम जोखिममा रहेका हुन्।

महाशाखाका अनुसार मधेसका ७ र बागमतीका ६ गरी १३ जिल्ला भने वर्षाको न्यून जोखिममा छन्। मधेसका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा तथा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट र धादिङलाई मौसम महाशाखाले न्यून जोखिममा राखेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित