दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलमा छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु

बुटवल । बुटवलमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य समेत बुटवल–७, का ३६ वर्षीय युवा रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको थियो ।

गत जेठ २ गते कालिकानगरको एक होटलमा उनी माथी छुरा प्रहार भएको थियो ।

छुरा प्रहार गरेर व्यक्तिको मृत्यु हुँदा समेत प्रहरीले छुरा प्रहार गर्नेलाई खोजविन नगरेको भन्दै युवा संघ जिल्ला रुपन्देहीले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको पहिचान सिसिटिभीबाट हुँदा समेत प्रहरीले खोजविनमा चासो नदिइएकाले ज्ञापनपत्र बुझाइएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

घटनामा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरी समक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए । संघले इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण हो ।

रेष्टुरेण्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा संघको आरोप छ ।

प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितले बताए ।

दोषीलाई पक्राउ गरी कारबाही गर्न युवा संघले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित