रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु

बुटवल । बुटवलमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य समेत बुटवल–७, का ३६ वर्षीय युवा रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको थियो ।

गत जेठ २ गते कालिकानगरको एक होटलमा उनी माथी छुरा प्रहार भएको थियो ।

छुरा प्रहार गरेर व्यक्तिको मृत्यु हुँदा समेत प्रहरीले छुरा प्रहार गर्नेलाई खोजविन नगरेको भन्दै युवा संघ जिल्ला रुपन्देहीले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको पहिचान सिसिटिभीबाट हुँदा समेत प्रहरीले खोजविनमा चासो नदिइएकाले ज्ञापनपत्र बुझाइएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

घटनामा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरी समक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए । संघले इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण हो ।

रेष्टुरेण्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा संघको आरोप छ ।

प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितले बताए ।

दोषीलाई पक्राउ गरी कारबाही गर्न युवा संघले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित