निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा आविश्कार खनाल

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष आबिस्कार खनाललाई पदहस्तान्तरण गर्नुभएको छ । बर्ष ०२४÷०२५ को क्लबको प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री, तृतीय उपाध्यक्षमा गुप्त पुन, सचीवमा प्रदिप गुप्ता, कोषाध्यक्षमा गोपाल रेग्मी, क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा रहेका छन ।

नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२३÷२४ का गभर्नर पिएमजेफ लायन अर्जुनमान सैजुले शुभकामना दिदै लायन्स क्लब अफ बुटवल क्षितिजले नाम अनुसारको काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा क्लबलाइ अझ उचाइमा पुर्याउनु पर्ने र त्यसका लागि सामाजिक काममा अग्रसरता बढाउनुपर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२४÷२५ का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङले क्लवले नवित्तम कार्यक्रम अगाडि बढाउंदा डिष्ट्रिक बाट सक्दो सहयोग हुने बताए ।

उक्त अवसरमा पुर्ब गभर्नर नवराज न्यौपाने, डिष्ट्रक पदाधिकारी अनिल श्रेष्ठ, डाक्टर मनोज ढुंगाना लगायतले बोल्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा पुर्ब गभर्नर अरुण प्रताप राणा, महेन्द्र नारायण श्रेष्ठ, बर्ष २०२४÷२५ डिष्ट्रकका प्रथम उपाध्यक्ष बालाराम भट्टराई, द्वितीय उपाध्यक्ष सन्दिप कशौधन, डिष्ट्रक सेक्रेटरी माधव खनाल डिष्ट्रकका अन्य पदाधिकारीहरु , एरिया , जोनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण पश्चात बोल्दै बर्ष ०२४÷०२५ का अध्यक्ष खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार काम गर्ने बताए ।

क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठको स्वागत, सचीवद्वय गुप्त पुन, प्रदीप गुप्ता र पुर्ब अध्यक्ष शंकर पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक बसन्त श्रेष्ठको सांगीतक प्रस्तुति समेत रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित