रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

ब्रेल प्रशिक्षण तालिम प्रदान

बुटवल । बुटवल उप–महानरपालिकाको आयोजना तथा रुपन्देही नेत्रहिन संघको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुको लागि १५ दिने ब्रेल प्रशिक्षण तालिम प्रदान गरिएको छ ।

तालिमको बुधवार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्माले सिकेको तालिम व्यवहारीक रुपमा लागू गरी आत्मनिर्भर बन्नको लागि दृष्टिविहिनता अपाङ्गता भएका व्याक्तिहरुको लागि आग्रह गरेका थिए ।

दृष्टिविहिनता भएर आधारभुत शिक्षा हासिल गर्न नसकेका व्याक्तिहरुको लागि ब्रेल शिक्षा आफैमा महत्पूर्ण भएको बताएका थिए ।

तालिम समपान कार्यक्रममा बोल्दै रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले बुटवल उप–महानरपालिकाले यो बर्ष ब्रेल प्रशिक्षण तालिम प्रदान गरेर आफैमा महत्वपूर्ण काम गरेको बताएका थिए ।

उनले नगरपालिकाको सहयोगमा अपाङ्गता मैत्री शौचलय समेत यहि आर्थिक बर्षमा सम्पन्न भएको जानकारी दिदै आगामी दिनमा एउटा प्रशिक्षण हल को लागि समेत माग गरिएको त्यो पनि पुरा हुनेमा आफु विश्वस्त भएको बताएका थिए । बुटवल उपमहानरापलिका भित्र का २० जना पूर्ण दृष्टिविहिन, तथा अल्प दृष्टिविहिता भएका व्याक्तिहरुको तालिममा सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट पुष्पा चितौरे, प्रशिक्षक दिलमाया चौधरी, नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय सदस्य शिला घिमिरे लगायतले बोलेका थिए ।

१५ दिन सम्म चलेको तालिमममा दिलमाया चौधरी र अविना पन्थीले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रममा बुटवल उपमहानरपालिका पञ्जीकरण महाशाखा बाट नारायण अर्याल, दिवस श्रेष्ठ, संस्थाका कोषाध्यक्ष ओम बहादुर सिंह, श्रवण दृष्टिविहिन परियोजना प्रेम आचार्य लगायतको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित