रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

संसदिय अभ्यासमा लुम्बिनीका युवा

 

लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएकाे संसदिय अभ्यास कार्यक्रम ११ गते समापन भएकाे हो । ४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानिय तहको गाउँसभा बाट छनाैट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४२ जना युवाहरुको सहभागीता रहेको थियो ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ संचालन गरेको हो ।

कार्यक्रम समापनलाई संबोधन गर्दै युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले युवाहरुकाे क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्धेश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संबिधान सभा सदस्य, पूर्वमन्त्री ईन्द्रजीत थारुले लोकतान्त्रिक प्रणाली शासकिय स्वरुप र राज्य संचालनको प्रक्रिया,सरकार निर्माण प्रक्रिया ,बजेट निर्माण , प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सहभागिहरुका अनुसार यस संसदिय अभ्यास कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक र लाेकतन्त्रीक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा क्षमता अभिबृद्धि , भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस भएको बताए ।

युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल , प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाल लगायतले बोल्दै यस्ता कार्यक्रमहरुले, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघियता र युवाका मुद्दा, सरकारले युवाकाे नेतित्व बिकास ,लाेकतान्त्रिक शासन प्रणाली सुशासन सम्बन्धी युवा शंसक्तिकरणका लागी सैद्धान्तिक र व्यबहारिक अभ्यास स्वरुप नमुना युवा सासंद अभ्यासकाे अबधारण संघिय सरकारले ल्याएकाे बताउँदै प्रदेश र स्थानिय तहले पनि युवामैत्री नगरको अबधारणा सहित यस्ता संसदिय अभ्यास कार्यक्रमहरुको सुरुवात गरेकाे प्रति सरकारलाई धन्यवाद दिदै युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने बताए ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ नगर/गाउँसभाबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराईन्छ र प्रदेश युवा छनाैट गरी संघमा पठाईने आयाेजकले बताए ।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित