रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

योग स्वास्थ्य र कल्याणको मार्ग हो :  मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् ।

भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन ।

मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म– अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए ।

‘ योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ’ उनले भने ।

 

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनले बताए । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धि पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरे ।

 

‘यस प्राचीन अभ्यास को रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा  खुसी र आनन्द भएको समेत उनले बताए ।

कार्यक्रमले नेपाल र भारतविचको साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दुतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउदा यसले पर्यटन प्रवद्र्धन गर्ने बताए । उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए । उनले भगवान बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दुतावासले विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको बताए ।

 

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाईदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रमहरु गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवद्र्धनका लागि आगामि दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकिकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदुताको ध्यानआर्कषण गराए । उनले नाकामा पर्यटकहरुले दुःख पाइरहेको गुनासो आउने गरेको तफ संकेत गर्दै मुख्यमन्त्री र राजदुतको ध्यानआर्कषण गराएका हुन ।

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । राजदुत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री ह«देश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थनीयहरुको उपस्थिती रहेको थियो ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राराष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष, विपि कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा विहिबार नै दिवस मनाएको हो  । उक्त अवसरमा सहभागी मुख्यमन्त्री सहितका अतिथिहरुले समेत योग अभ्यास गरेका थिए ।

 

यो वर्ष “स्वास्थ्यका लागि योग“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित