बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो लुम्बिनीका ‘धनी सांसद’मा नैतिकताको खडेरी (ईन्फोग्राफिक्स सहित) तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’ लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन तिलोत्तमाबाट देखिएको खुलेको आकाश (फोटो फिचर) धेरै भूभागमा पानी पर्दै, अबको ३ दिन कता-कता छ भारी वर्षाको सम्भावना? बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ? रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा                
समाचार :

रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन्

रुपन्देहीको एक नदिबाट अनुमति बिना नदिजन्य पदार्थको उत्खनन् भएको छ । शुद्धोधन गाउँपालिका वडा न.६स्थित दानव नदिमा पर्ने गुरौली घाटबाट अनुमतिबिना नदिजन्य पदार्थको उत्खनन् भएको पाईएको हो ।

गुरौली घाटमा पर्ने एक स्थानमा गाउँपालिकाले श्री पि एण्ड सप्लायर्सलाई जेष्ठ २५ देखि जेष्ठ ३० गते सम्म नदिजन्य पदार्थको उत्खनन्का लागी अनुमति दिएको थियो ।तर,सो सप्लायर्सले गाउँपालिकाले रेखांकन नगरेको(अनुमति नदिएको) स्थानबाट नदिजन्य पदार्थको उत्खनन् गरेको गाउँपालिकाका प्राविधिक शाखाका ईन्जिनियर गौरव लामिछानेले जानकारी दिए ।

ईन्जिनियर लामिछानेका अनुसार अनुमति बिना गरिएको उत्खनन् कार्य गलत भएको बताउँदै पानीको बहाव भन्दा बाहिर जान नपाउने कानुनी व्यवस्था भएता पनि बाहिर देखिएको उल्लेख गरे ।अनुमति बिना उत्खनन् गरिएको स्थानमा करिब २.५ फिट गहिरो पारिएको ईन्जिनियर लामिछानेले आंकलन गरेका छन् ।

रेखांकन नगरेको(अनुमति नदिएको)स्थानबाट उत्खनन् गर्न नपाउने जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले बताएका छन् । यदि अनुमति बिना सो कार्य भए सोही स्थानको गहिराई नापेर उत्खनन् गरेको मात्राको आधारमा दोब्बर जरिवाना गरिने अध्यक्ष चापागाईको उद्घोष छ ।आफुहरु भोली नै जिल्ला समन्वय र गाउँपालिकाका ईन्जिनियरहरुलाई लिएर जाने र सो स्थानमा नापजाँच गरि आवश्यक कार्वाहि अघि बढाउने चेतावनी दिइएका छन् ।

२००÷६० फिट रेखांकन बिनाको स्थानबाट नदिजन्य पदार्थ निकालिएको शुद्धोधन गाउँपालिका वडा न.६का वडाअध्यक्ष उपेन्द्र सहानीले जानकारी दिए ।मनोमानी रुपमा उत्खनन् गरेको बताउदै मापदण्ड अनुसार चाहिने नदिजन्य पदार्थ निकालिसकेको अध्यक्ष सहानीको भनाई छ ।

अनुमति नदिएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन् भएको स्थानीय दयशंकर लोध र प्रदिप लोधले उल्लेख गरेका छन् ।मापदण्ड विपरित ३०० टिप्पर(हाईवा) भन्द बढि उत्खनन् भएको आरोप लगाउदै सो कार्यलाई तत्काल रोकि आवश्यक कावार्हि अघि बढाउन सम्बन्धीत निकायलाई ध्यानकार्षण गराएका थिए ।३ सय टिप्परको बजार मुल्य भने रु.३० लाख भन्दा बढि पर्ने जाने अनुमान गर्न सकिन्छ ।

पालिकाले अनुगमलाई चुस्त पारेता पनि छल्ने प्रयास भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले बताएका छन् ।सो कार्यबारे तत्काल आवश्यक अनुसन्धान गरि अघि बढाइने बताउदै कुनै पनि बहानामा अनुमति बिना नदिजन्य पदार्थको उत्खनन् गर्न नपाईने अध्यक्ष बस्यालको अडान छ ।

नाप नंक्सांकन एवं अनुगमनका लागी प्रमुख सहायक जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनेको थियो ।जेष्ठ २७ गते सो समितिको पालिकालाई अनुगमन गर्ने गरि हटाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार