रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

वेष्टर्न मेगा कलेजमा प्रदेश स्तरीय पौडी प्रतियोगिता आयोजना

बुटवलमा रहेको नेपालकै पहिलो स्कुटल कलेज वेष्टर्न मेगा कलेजले प्रदेश स्तरीय पौडी प्रतियोगिता आयोजना गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको कलेजले शुक्रबार पत्रकार सम्मेलन गरेर यहि असारको ११ र १२ गते पौडी प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष मेघराज पन्थले कलेजले आयोजना गरेको प्रतियोगितामा प्रदेश भित्रका प्लस टु दिएर बसेका बिद्यार्थीलाई सहभागि हुन आग्रह गरे । उनले सीपसंग जोडेर प्रदान गरिने शिक्षाले शिक्षासंगै रोजगारीको समेत अवसर प्रदान गर्ने भएकाले सीपमुलक शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले अव निकट भविश्यमा कलेजमा सूचना प्रविधिको क्षेत्रमा समेत पठनपाठनको तयारी भईरहेको पनि बताए ।

पौडी प्रतियोगिताका विजेतालाई १५ हजार रुपैंया र उपविजेतालाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने कलेजका प्रिन्सिपल अधिवक्ता किसु शर्माले बताए । प्रतियोगितामा लुम्बिनी प्रदेशभरीका प्लस टु दिएर बसेका विद्यार्थी सहभागि हुन पाउने छन् । त्यसको लागि असारको ७ गते भित्रै नाम दर्ता गराउनु पर्ने छ । पौडी प्रतियोगितामा पहिले दर्ताको आधारमा १ सय जना विद्यार्थीलाई प्रतिस्पर्धा गराईने छ ।

त्यस्तै असारको दोस्रो साता राष्ट्रिय स्तरको निःशुल्क एक हप्ते होटल व्यवस्थापन तालिम कार्यक्रम गर्न लागिएको छ । असारको १६ गतेदेखि सञ्चालन हुने बेकरी तथा किचन, वारिष्टा तथा फूड एण्ड बेभरेज तथा अतिथ्यता सत्कार तथा हाउसकिपिङ तालिममा सहभागि हुन चाहनेले १२ गते भित्रै नाम दर्ता गरिसक्नुपर्नेछ । तालिममा सहभागि हुनको लागि जुनसुकै विषयमा प्लस टु दिएर बसेको हुनुपर्नेछ । सहभागिलाई निःशुल्क तालिम, निशुल्क पौडी र प्रमाण पत्र प्रदान गरिनेछ ।

होटल व्यवस्थापनमा पश्चिम क्षेत्रकै पहिलो कलेज वेष्टर्न मेगाले बिद्यार्थीलाई पठनपाठन संगै मानसिक शारीरिक तथा वौद्धिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अनुसार शुक्रबार मानसिक स्वास्थ्य समस्या पहिचान तथा निराकरणका उपायका विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल अधिवक्ता किसु शर्माले बताए ।  कार्यक्रममा मानसिक स्वास्थ्य रोग विशेषज्ञ डा. विक्रम काफ्ले र मनोपरामर्शदाता यशोदा वगालेले प्रशिक्षण गर्नुभएको थियो । उक्त कलेजमा ४ वर्षे वि.एच.एम. र एमविए पठनपाठन हुँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित