रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

दाङमा दुई महिलाको हत्या अभियुक्तको बयान : बलात्कारको जाहेरी दिने भनेपछि सहन सकिनँ

दाङमा दुई महिलाको हत्या गरेका आरोपमा पक्राउ परेका टेकबहादुर घर्तीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले अभियुक्त घर्तीलाई जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेका हुन्।

उनले गत वैशाख २९ गते दुई महिलालाई बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ। रोल्पाको थबाङ घर भएका ५८ वर्षीय टेकबहादुरले दाङमा अटो चलाउँदै आएका थिए।

उनले दाङको घोराहीमा बस्ने सुर्खेतकी ४४ संगीता सुनार र रुकुम घर भई घोराहीमै बस्ने ५० वर्षीया झुपली बुढाको हत्या गरेको आरोप छ। उनलाई घटनालगत्तै अटो छाडेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता गौतमले बताए।

टेकबहादुरले ६ वर्ष पहिलेदेखि अटो चलाउँदै आएका थिए। ३ छोरी र २ छोराका बाबु उनले एक वर्षपहिले झुपली बुढासँग चिनजान भएको बयान दिएका छन्।

‘झुपली बुढासँग घोराही बजारमा भेट भएपछि मोबाइल नम्बर आदानप्रदान भयो। हाम्रो बीचमा फोनमा कुरा हुँदै जाँदा मायाप्रेम बढ्दै गयो। उनका पनि श्रीमान अमेरिकामा भएकाले उनले नै मसँग शारीरिक सम्पर्कको प्रस्ताव राखिन्,’ उनले बयानमा भनेका छन्, ‘घरमा श्रीमती र ५ जना सन्तान रहेकाले मानेको थिइनँ। तर पटकपटक कर गरेपछि सहमतीमै ६ महिनादेखि समय समयमा भेटघाट गर्ने र सँगै खाने बस्ने हुन थालेको थियो। झुपलीकै घरमा १०/१५ पटक शारीरिक सम्पर्क पनि भएको थियो।’

तर घटनाको दिन दिउँसो ३ बजेर ५० मिनेट जाँदा टेकबहादुर अटो चलाउँदै घोराही बजारको लखनपार्क चोक नजिक पुगेका थिए। त्यति नै बेला झुपलीले फोन गरेर डुम्बरगाउँबाट पुरानो घर पहेलपार जानुछ भन्दै बोलाएको टेकबहादुरले बताएका छन्।

टेकबहादुरले अटोमा उनलाई घरसम्म पु¥याइदिएका थिए। तर आफूलाई आउन नदिएको र झुपलीकै घरमा डेरा गरी बस्ने संगीता सुनारलाई रक्सी ल्याउन पठाएको उनले बयानमा भनेका छन्।

उनका अनुसार कुखुराको मासु पकाएर तीन जनाले रक्सी खाएका थिए। तीन बोतल रक्सी खाइसकेपछि आफू बाहिर जान खोजेको तर झुपलीले संगीताका श्रीमानलाई रक्सी किन्न पठाएको र आफूलाई पनि जान नदिएको र जबर्जस्ती राखेको बताएका छन्।

‘अब मादकपदार्थ सेवन गर्दिनँ, रात पर्न थाल्यो। अटो लिएर घर जानुपर्छ, अब म जान्छु भन्दै बाहिर निस्कन थालेको अवस्थामा झुपलीले मलाई रोकेर तैँलै अझै रक्सी खानपर्छ। आज मेरै घरमा बस्नुपर्छ भनेपछि म इन्कार गर्दै बाहिर निस्कन खोजेको थिएँ। तर उनले अपशब्द प्रयोग गर्दै गाली गरिन् र रक्सी नखाई घर गए विगतदेखि अहिलेसम्म भएको यौन सम्पर्कको बारेमा तेरो नाममा किटानी जाहेरी दिई तँलाई नाङ्गेझार बनाउँछु भनिन्,’ टेकबहादुरको बयान छ।

यस्तै झुपली र आफूबीचमा भएको सम्बन्धका बारेमा संगीतालाई पनि भनेको र आफ्नो नाममा जबरजस्ती करणीको कसुरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिन्छु भनेको उनले बताएका छन्। यदि झुपलीले जबरजस्ती करणीको कसुरमा जाहेरी दिएमा परिवारमा सम्बन्ध राम्रो नहुने भएकाले आफूले सहननसकी हत्या गरेको टेकबहादुरको बयान छ।

सहमतिको सम्बन्धलाई तोडमोड गरी भोलिपल्ट बिहानै जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिने भनेपछि उनको हत्या गर्ने र देश छाडेर जाने निर्णयमा पुगेको बताएका छन्।

त्यसपछि टेकबहादुरले भान्साकोठामा भएको बन्चरो ल्याएर झुपलीको हत्या गरेका थिए। आफूहरूको कुराकानी र सम्बन्धका बारेमा थाहा पाएपछि संगीताको पनि हत्या गरेको टेकबहादुरले बयान दिएका छन्।

हत्यापछि झुपलीको पनि मोबाइलको सिम निकालेर उनी घटनास्थलबाट फरार भएका थिए। घटनास्थलबाट करिब २ किलोमिटर टाढा घोराही उपमहानगरपालिका १० सौडिकुलामा पुगेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीले उनको साथबाट झुपलीको मोबाइलको सिम पनि बरामद गरेको थियो। जाहेरीमा उल्लेख गरिएका अर्का व्यक्ति श्याम सेरपाइलीको भने कुनै संलग्नता नरहेको बयान दिएका छन्।
नेपालखवर बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार