
भैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियमविपरित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
यस बिषयमा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले विरोध जनाएको छ ।
संघले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि टेन्डर प्रक्रियाप्रति विरोध जनाउँदै कानूनी उपचारमा जानेचेतावनी दिएको छ । अस्पतालले २०८० चैत्र १६ मा भवन
निर्माणका लागि नागरिक दैनिक पत्रीकामा प्रकाशित सुचना अनुसार ठेक्का नं (LEI/NCB/Works-01-80/81) बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरुलाई प्राविधिकप्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन्।
संघका अनुसार २०८१ जेष्ठ ४ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकासीत गरी ३ वटा फर्म मात्र प्राविधिकप्रस्तावमा स्वीकृत गरिएको थियो । सो विषयमा संघले ९ जेष्ठमा प्रस्ताव छनौट पुन: मुल्याङ्कनका लागि पत्र पठाएपनि जबाफ नपाएको अध्यक्ष मञ्जु भुसालले बताइन । अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतीको आशय प्रकासितगरि नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको उनले बताइन् ।
विडिङ्गमा निर्माण व्यवसायीहरुका १७ वटा कम्पनीहरु प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्रस्तावप्राविधिक प्रस्ताव अस्वीकृत गरि ३ वटा फर्महरु कविन्द्र निर्माण सेवा किर्तिपुर १ काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्डविल्डस प्रा.लि काठमाण्डौ–१४, बल्खु र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि काठमाण्डौ –९, सिनामंगललाईमात्र प्रतिस्पर्धामा सहभागी गराइएको उनले बताइन् ।
सो प्रतिस्पर्धाबाट नव सिर्जनशिल
कन्सट्रक्सन कम्पनी प्रा. लि काठमाण्डौ –९, सिनामंगललाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ(मु.अ.करसहित) मा बोलपत्र स्वीकृत गरीएको छ । सो कार्य मिलेमतोमा आफू अनुकुलको निर्माण कम्पनीलाईसेटिङ्ग गरेर छनोट गरिएको संघका सल्लाहकार जमिन कक्षपतिले बताए । संघले प्राविधिक प्रस्ताव
अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्याङ्खन गराई स्वच्छ
प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन उनले आग्रह गरे । अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसारनै टेन्डरप्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दाबी गरेको छ ।