रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमाका उत्कृष्ट ९ उद्यमी छनोट : अन्तिम प्रतिस्पर्धाबाट विजेताले पाउने छन् १ लाख पुरस्कार

बुटवल । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’  अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी उत्कृष्ट उद्यमीलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरी सुरुवात भएको यो कार्यक्रमको चौथो संस्करणको यहि जेठ २४ गते मणिग्राममा फाइनल प्रतिस्पर्धा हुने छ ।

जसमा मिना पाण्डे, सुनिता कुमारी रेग्मी, कविता पाण्डे, मञ्जु गुरुङ्ग, मिना कुमारी बस्याल, सिमा शर्मा पाण्डे, शर्मिला पाण्डे, अञ्जु थापा, केशरकला थापा गरी ९ जना छनौटमा परेको दायित्व महिला उद्यम द्रीतकरण कार्यक्रम प्रदेश संयोजक सञ्जय पोखरेलले जानकारी दिए । यसरी छनौट भएका उद्यमी मध्ये उत्कृष्टले परियोजना लागनी योजनाको आधारमा १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ७५ हजार र  अन्य छनौटमा परेका प्रतिस्पर्धीले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यहि जेठ २४ गते आयोजना हुने परियोजना प्रस्तुतिकरण कार्यक्रममा नरपालिका प्रमुख प्रसाकीय अधिकृत सहित उपप्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा विज्ञ, व्यापारशास्त्रका विद्यार्थीहरुको समेत मुल्यांकन समिति बनेर छनौट गरिने परियोजनाको उद्यमशिलता विज्ञ कमल थापाले जानकारी दिए ।

पहिला नै स सानो उद्यम गर्दै आएका महिलाहरुलाई उनिहरुले गर्दै आएको काम, परियोजनाको आधारमा सुरुवातमा ८० जना छौनटमा परेका थिए । त्यससबाट २० जना हुँदै अहिले ९ जना छनौटमा परेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित