३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि मन्जिता रानाले जितिन्

रुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्जिता रानाले जितेकी छन् ।

उनले रुपन्देही जिल्लाका ३३ प्रतिस्प्रर्धी समुहलाई पछिपार्दै ज्ञानज्योति देवदह टटेराकी राना प्रथम भएकी हुन् ।

उनले उपाधि सहित १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । अक्सफोर्ड मावि सुख्खानगरले आयोजना गरेको एसईइ खुल्ला डान्स प्रतियोगितामा गुगल इन्ष्टिच्युट बुटवलबाट सहभागि भएका स्वीकृति खत्री र स्वीकृति बिकको समुह उपविजेता बनेको छ ।

उक्त समुह उपविजेता बन्दै नगद दश हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्याे । यस्तै बुटवलको तिनाउ बोर्डिङका निष्ठा पुन मगर तृतीय भए भने होराईजन माविका किरण भण्डारी र कालिका मानवज्ञान माविका जेनिसा पौडेलले प्रोत्साहन पुरस्कार हात पारिन् ।

उनीहरुले क्रमश सात हजार, तीन हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । अक्सफोर्ड माविका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विभिन्न समयमा आयोजना हुने प्रतिस्प्रर्धी प्रतियोगिताहरुले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे । उनले निजी शैक्षिक संस्थाहरुबाट समयसमयमा आयोजना हुने यस्ता प्रतियोगिताहरुले शैक्षिकसँगै अतिरिक्त कृयाकलाप वृद्धिमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रममा अक्सफोर्ड कलेज ब्यवस्थापन समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, सहायक प्राचार्य मोहन क्षेत्री, बालकृष्ण पोखरेल, बुद्धदिप माविका प्राचार्य लेखनाथ गैरे, दिवाकर रेग्मी, कार्यक्रम संयोजक सुन्दर गुरूङलगायतले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा बरावर सहभागि गराउनु पर्ने धारणा राखेका थिए।

नृत्य प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेको कार्यक्रममा नृत्य निर्देशक सुमन थापा, सुमन पौडेलले निर्णायकको भुमिका निभाउनु भएको अक्सफोर्डका प्राध्यापक सुमन भुसालले जानकारी दिए । सामुदायिक तथा संस्थागत दुबै विद्यालयका विद्यार्थीहरुको खुल्ला रुपमै सहभागिता रहेको कार्यक्रमको संचालन पारू न्यौपानेले गरेकि थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित