रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

बुटवल वडा नं. ३ का वडा अध्यक्ष ढकालले दुर्गा मन्दिरमा राजनीति गर्दा…

बुटवल । बुटबल उपमहानगरपालिका वडा ३ पुलचोकमा रहेको दुर्गा भगवती मन्दिर एक बर्ष देखि नेतृत्व बिहिन भएको छ ।

मन्दीरको १४ औ वार्षिक साधरण सभा तथा सातौ अधिबेशनमा नयां नेतृत्वको लागि निवार्चन मार्फत मनोनयन दर्ता भएपनि बिभिन्न राजनतिक दलहरु बिच सहमती नजुटदा नेतृत्व बिहिन भएको हो ।

नयां नेतृत्वका लागि नेकपा एमाले, नेपाली काग्रेस र माओवादी गरि तिनै राजनिति दलहरुबाट उम्मेवदारी दिएको थियो । सबै राजनितिक दलहरुको बिचमा सहमतिको प्रयास निरन्तर भएपनि सहमति जुटन नसकेपछि मनोनय दर्ता भएपनि नेतृत्व चयन अझै हुन सकेको छैन् ।

नेकपा माओवादीबाट निर्वाचित हुनुभएका बुटबल उपमहानगरपालिकाका बडा न ३ का वडा अध्यक्ष बिष्णु ढकालले अध्यक्षको लागि हरि कृष्ण प्रधानलाई अगाडी सारेका थिए ।

मनोनयन समेत दर्ता भइसकेपनि आफुले अघि बढाएका व्यक्ति निर्वाचन बाट पराजित हुने भएपछि वडा अध्यक्षकै सक्रियतामा निर्वाचन नै स्थगित गरिएको स्थानिय भुपती गैरे बताए ।

अध्यक्ष जस्तो मान्छे मन्दीरमा आयर राजनिति गर्नु गलत भएको उनको भनाई छ । मन्दीरमा नयां नेतृत्व नहुंदा स्थानिय सरकार र प्रदेश सरकारबाट आउने बजेट समेत अहिले आउन नसकेको उनले बताए ।

मन्दीरका पूर्व सचिव कृष्ण भुषालले सामाजिक संघ संस्थाहरुमा अनाआवश्यक राजनिति हस्तक्षेपमा दुर्गा मन्दीर परेको बताए ।
उनले मन्दीरमा नयां नेतृत्व नहुदा संघिय सरकारबाट आएको आठ लाख समेत फिरिज भएको बताए । अहिले मन्दीरको अबस्था नाजुक हुदै गएको उनको भनाई छ ।

वडा अध्यक्ष बिष्णु ढकालले बिभिन्न राजनिति दलहरु सग सहमतिको लागि प्रसास निरन्तर गदै आएको बताए । पहिला सहमति नजुटदा समस्या भएको र अहिले करिब सहमतिको नजिक पुगेको उनको भनाई छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार