तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

खानेपानीले चर्चेको जग्गामा नगरपालिकाले हस्तक्षेप गरेको गुनासो

बुटवल। खानेपानी उपभोक्ता तथा सामुदायिक विद्युत् सहकारी संस्थाले चर्चेको जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै बुटवलको प्रगतिनगर र देविनगरका उपभोक्ताहरू गुनासो गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था र सामुदायिक विद्युत् बितरण संस्थाले पत्रकार सम्मेलन गरी बर्षाैंदेखि संरक्षण गरेर सार्वजनिक प्रयोजनका लागि चर्चेको जग्गा बुटवल उपमहानगरपालिकाले हस्तक्षेप गरेकोले भोगचलन गर्न दिन माग गरे ।

संस्थाका अध्यक्ष जीतबहादुर मल्लले देवीनगर तथा प्रगतिनगरका उपभोक्ताहरुलाई बढ्दो खानेपानीको मागलाई संवोधन गर्न प्रयोग गर्न दिन आग्रह गरे । कम्पाउण्ड बाल शिलान्यास गर्ने क्रममा नगर प्रहरी, जनपद र ससस्त्र प्रहरीले हस्तक्षेपको प्रयास गरेर हटाएको छ ।

संस्थाका लेखा समिति संयोजक राजेश बुढाथोकीले पानी जस्तो जीवनसँग जोडिएको संवेदनशील विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द केसीले बार्ता र छलफलबाट समस्या समाधान हुने भन्दै उपमहानगरपालिकाले त्यसको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित