
बुटवल। खानेपानी उपभोक्ता तथा सामुदायिक विद्युत् सहकारी संस्थाले चर्चेको जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै बुटवलको प्रगतिनगर र देविनगरका उपभोक्ताहरू गुनासो गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था र सामुदायिक विद्युत् बितरण संस्थाले पत्रकार सम्मेलन गरी बर्षाैंदेखि संरक्षण गरेर सार्वजनिक प्रयोजनका लागि चर्चेको जग्गा बुटवल उपमहानगरपालिकाले हस्तक्षेप गरेकोले भोगचलन गर्न दिन माग गरे ।
संस्थाका अध्यक्ष जीतबहादुर मल्लले देवीनगर तथा प्रगतिनगरका उपभोक्ताहरुलाई बढ्दो खानेपानीको मागलाई संवोधन गर्न प्रयोग गर्न दिन आग्रह गरे । कम्पाउण्ड बाल शिलान्यास गर्ने क्रममा नगर प्रहरी, जनपद र ससस्त्र प्रहरीले हस्तक्षेपको प्रयास गरेर हटाएको छ ।
संस्थाका लेखा समिति संयोजक राजेश बुढाथोकीले पानी जस्तो जीवनसँग जोडिएको संवेदनशील विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द केसीले बार्ता र छलफलबाट समस्या समाधान हुने भन्दै उपमहानगरपालिकाले त्यसको वातावरण बनाउनुपर्नेमा जोड दिए ।