निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गुल्मीमा आगलागीबाट टेलिकमको टावरमा क्षति

गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ।

मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

आगलागीबाट नेपाल टेलिकमको बिटिएस टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल (तारहरु) सम्पुर्ण जलेर क्षति भएको छ। टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ।

आगलागीका कारण छत्रकोट गाउँपालिका–६ दौघामा ५ वटा घर गोठ र पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्लामा वैशाख महिना शुरु भएपछि आगलागीका घटना दैनिक बृद्धि भएका छन्। जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन्।

सयौं नागरिक घरबार बिहिन भएका छन्। आगलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन्। जिल्लामा पछिल्लो समय आगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन्।

रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ। उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। आगो लगाएको आरोपमा थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित