
बुटवल बैशाख– मनावअधिकार तथा शान्ती समाज रुपन्देहीले शाखाले लोकतन्त्र दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै मानवअधिकार तथा शान्ती समाज नेपालका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले पछिल्लो समयमा राजनीति दलले लोकतन्त्रको उपहास गरेको बताएका थिए । जनतको बलिदानीबाट आएको लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्दा अहिले राजनीतिक दलहरु प्रति वितृष्ण पैदा भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज का केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले बोल्दै लोकतन्त्रको रक्षाको लागि सबै सचेत हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष खिम प्रसाद भटट्राई(कृष्ण), उपाध्यक्ष कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।