मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जजिरा फेरि भैरहवा आउन तयार, सहुलियत पाए विज एयरले पनि उडान गर्ने

कुबेतको जजिरा एयरलाइन्सले भैरहवाबाट पुन उडान गर्न तयार भएको छ। तर त्यसको लागि टिकट विक्रि करमा छुट हुनुपर्ने प्रस्ताव गरेको छ। हवाइ इन्धनमा पनि सहुलियत दिन उसको माग छ।

दुबैमा सहुलियत पाएमा विज एयरले पनि भैरहवाबाट उडान गर्न खोजेको छ। जजिरा र विज एयरले सहुलियत दिएमा उडान गर्न सक्छौं भन्ने आसयपत्र नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाएका छन्। तर यस बारेमा नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गर्नुपर्छ।

नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक जगननाथ निरौलाले टिकट विक्रि कर र इन्धनमा सहुलियतको लागि सञ्चालक समितिबाट निर्णय गरेर मन्त्रीपरिषदमा पठाउने जानकारी दिए। ‘उनीहरुले भैरहवाको लागि काठमाडौँ बराबरको शुल्क लिन भएन भन्ने माग छ। हामीले सञ्चालक समितीबाट प्रसासनिक प्रक्रिया पुरा गरेर मन्त्रीपरिषदमा पठाउँछौं।’ उनले भने ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना पनि भएको हुनाले नेपाल सरकारबाट सहुलियत सम्बन्धी निर्णय हुन्छ भन्नेमा आशावादी छौं।’

उपमहानिर्देशक निरौलाले सरकारले निर्णय गर्ने वित्तिकै बायुसेवा कम्पनीको सञ्चालन लागतमा कमि आउने र अरु विमान कम्पनी पनि भैरहवामा आकर्षित हुने उल्लेख गरे। गौतम बुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष हुन लाग्दा पनि नियमित सञ्चालन हुन सकेको छैन। २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेसँगै जजिरा एयरवेजले उडान थालेको थियो। केही महिनादेखी उसले उडान रोकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित