राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानाकारी दिएको छ ।

प्रा.लिका अध्यक्ष राजकुमार गुप्ताले यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राईड शेयरिङ एप इ ड्राईभ नेपाल सुरु गरिएको बताए ।

६ महिना अघि काठमाडौं उपत्यकामा सफलता पुर्वक राईड शेयरिङ सेवा उपलब्ध गराएकोमा बैशाख १ गते देखि बुटवल, भैरहवा क्षेत्रमा सेवा सुरु गरिने उनको भनाई छ ।

नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजना अनुसार कम्पनीले बुटवल, भैरहवा क्षेत्रमा दोस्रो स्थानको रुपमा सेवा सुरु गरेको हो ।
नेपाली सफ्टवेयर ईन्जिनियरहरुले निर्माण गरेको एपबाट सेवा लिन चाहने ग्राहकहरुले सरकारले तोकेको न्युनत्तम भाडामै गन्तव्यमा जान सक्ने कम्पनीले जनाएको छ ।

विशेषगरी विद्युत्तिय सवारी साधनलाई लक्षित गरेर सेवा सुरु गरेको भएपनि पहिलो चरणमा पेट्रोलिय पद्धार्थ बाट चल्ने कार र बाईकहरु यसमा आबद्ध हुन सक्नेछन् । कम्पनीले राईड गराउन चाहनेहरुलाई निशुल्क दर्ता हुन समेत आव्हान गरेको छ ।

अध्यक्ष गुप्ताका अनुसार एक महिना सम्म निशुल्क राईडका लागि दर्ता गर्न सकिने र त्यसपछि न्युत्तम शुल्क दर्ताका लागि तोकिनेछ । इ ड्राईभ नेपालको एप गुगोल प्ले स्टोर अथवा एप स्टोर बाट सजिलै डाउनलोड गरेर प्रयोग सकिनेछ ।

यो एपको प्रयोग गरेर यात्रा गरेमा यात्रु तथा चालकहरुका लागि घाईते अवस्थामा ७० हजार र मृत्यु भएमा ७ लाख सम्मको विमा गरिएको कम्पनीको दावी छ ।

कम्पनीले पहिलो चरणमा कार र बाईकहरुलाई अबद्धता गराएपनि निकट भविष्यमा टेम्पोलाई पनि जोड्ने बताएको छ ।

अध्यक्ष गुप्ताले सवै यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली जडान गरिएको र यसबाट सवारी सधान कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारी साधनको सम्पुर्ण नियन्त्रण कम्पनी संग भएकोले सेवाग्राहीले ढुक्कका साथ सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

इ ड्राईभ नेपाल प्रा.लिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक सेवाको उच्च प्रयोगका साथै ठुलो धनराशी विदेशिनबाट जोगाउन र बातावरण संरक्षण इ ड्राईभ नेपालको अभियान रहेको बताए । साथै उनंले क्रमश यो सेवालाई अन्य शहरहरुमा पनि विस्तार गर्ने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित