रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन

बुटवलचन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन्

बुटवलगोरुसिंगेचन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्।

सार्वजनिक खरिद नियमावली अनुसार अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्।त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँगजेभीका रुपमा सहभागी हुनुपर्छ। विश्वबैंकको ३५ अर्ब रुपैयाँ सहयोगमा सडक विस्तार गर्न लागिएको हो।

सडक विस्तारका लागि विभिन्न कम्पनीले भारत, चीन लगायत देशका कम्पनीसँग मिलेर आवेदन दिएका छन्

आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले पहिलो प्याकेजलाई दुई वटा खण्ड गरेर टेण्डर आह्वान गरेकामा पहिलोखण्डका लागि १२ दोस्रो खण्डका लागि १० वटा कम्पनीले आवेदन दिएको जानकारी दिइन्। उनका अनुसार अहिलेआवेदक कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको छ।

अबको हप्ताभित्र ठेक्का टुंगो लाग्ने श्रेष्ठले बताइन। वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता गर्ने तयारी छ।

पहिलो खण्डको विस्तारमा सानाठूला गरी करिब ३० वटा पुल, १५५ वटा कल्भर्ट तथा वटा अन्डरपास ओभरपासनिर्माणको योजना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार