तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

दुध उत्पादक किसानको शान्तीपूर्ण विरोधमा प्रहरीको वलजफ्ती (फोटो फिचर)

बुटवल । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन् ।

बुटवलको राजमार्ग चौराहमा जम्मा भएकोदुध उत्पादक किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग लक्षित एक घण्टा चक्काजाम गरेका हुन ।

किसानले चक्काजाम गरेपनि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन किसान माथी केही समय बल समेत प्रयोग गरेको थियो ।

शान्तीपूर्ण चक्काजाममा उत्रेका किसानहरु माथी बल प्रयोग भएपछि केही बेर प्रहरी र आन्दोलनरत किसान धकेलाधकेल समेत भएको थियो । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको नेतृत्वमा रहेको प्रहरी टोलीले केही कृषकलाई लछारपछार समेत गरेको थियो । चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरुले सकार विरुद्ध विभिन्न नारा लगाएका थिए ।

किसानहरुले राज्यले आफ्नो माग पुरा नगरुन्जुल आन्दोलन जारी राख्ने बताएका छन् ।

खुल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले दुधको भुक्तानी तुरुन्त गर, अघोषित मिल्क होलिडे बन्द गर, भारतिय दुध प्रतिबन्ध गर, कृषिमन्त्री राजिनामा दे, जस्ता नारा लगाएका थिए ।

दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका थिए । केन्द्रीय सर्कलुर अनुसार विहिबार किसानहरुले ठाउँ ठाउँमा एक घण्टा चक्काजाम गरेका हुन ।

जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई कराेड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित