मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सिद्धबाबा सुरुङ मार्गमा धमाधम काम हुँदै, यही गतिमा अघि बढे ४ वर्षमा पुरा हुने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ ।

रूपन्देहीको चिडियाखोला देखि पाल्पाको दोभानसम्म मृत्युमार्ग उपनामले बदनाम सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माण कार्यले गति लिएको हो । तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउंपालिका– ३ मा १ दशमलव १२६ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माणको काम अघि बढेको छ ।

सम्पूर्ण ध्यान केन्द्रित गरी निर्माणमा जुटेको आयोजनाले अन्य कुनै अवरोध नभएको अवस्थामा अबको ४ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार हुने जनाएको छ ।

अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरिएको सुरुङमार्ग वि.सं.२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको काम धमाधम भइरहेको छ ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयांको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । विगत दुई महिनादेखि रातिको समयमा सिद्धार्थ राजमार्गमा गाडी बन्द गरेर काम अघि बढाइएको छ ।

आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेसम्म झण्डै १२ प्रतिशत भौतिक प्रगति भएको छ । आवश्यक उपकरण व्यवस्थापन र त्यही अनुसारको जनशक्तिसहित काम भइरहेको ज्ञवालीले बताइन। शुरूआतमा कतिपय क्षेत्रमा पर्ने रूखहरू काट्ने अनुमति नपाए पनि अहिले सबै रूख काटेपछि कामले गति लिएको आयोजनाको भनाइ छ ।

सुरुङ दुवैतर्फबाट निर्माण भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले तीव्र गतिमा काम भइरहेको बताए ।

सुरुङमार्गको काम शुरू हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । अग्लो भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरो खस्दा ठूलो जनधनको क्षति हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित