रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सिद्धबाबा सुरुङ मार्गमा धमाधम काम हुँदै, यही गतिमा अघि बढे ४ वर्षमा पुरा हुने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ ।

रूपन्देहीको चिडियाखोला देखि पाल्पाको दोभानसम्म मृत्युमार्ग उपनामले बदनाम सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माण कार्यले गति लिएको हो । तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउंपालिका– ३ मा १ दशमलव १२६ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माणको काम अघि बढेको छ ।

सम्पूर्ण ध्यान केन्द्रित गरी निर्माणमा जुटेको आयोजनाले अन्य कुनै अवरोध नभएको अवस्थामा अबको ४ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार हुने जनाएको छ ।

अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरिएको सुरुङमार्ग वि.सं.२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको काम धमाधम भइरहेको छ ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयांको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । विगत दुई महिनादेखि रातिको समयमा सिद्धार्थ राजमार्गमा गाडी बन्द गरेर काम अघि बढाइएको छ ।

आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेसम्म झण्डै १२ प्रतिशत भौतिक प्रगति भएको छ । आवश्यक उपकरण व्यवस्थापन र त्यही अनुसारको जनशक्तिसहित काम भइरहेको ज्ञवालीले बताइन। शुरूआतमा कतिपय क्षेत्रमा पर्ने रूखहरू काट्ने अनुमति नपाए पनि अहिले सबै रूख काटेपछि कामले गति लिएको आयोजनाको भनाइ छ ।

सुरुङ दुवैतर्फबाट निर्माण भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले तीव्र गतिमा काम भइरहेको बताए ।

सुरुङमार्गको काम शुरू हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । अग्लो भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरो खस्दा ठूलो जनधनको क्षति हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार