रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

केएनपीआईका ७ युवा विद्यार्थीले बनाए ‘गार्वेज मेसिन’

बुटवल । रूपन्देहीको बुटवल उपमहानरपालिका –१२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले ‘गार्वेज मेसिन’ बनाएका छन् । ‘गार्वेज मेसिन’ले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ ।
शिक्षालयका विद्यार्थीहरुले बनाउने यो हेवी मेसिन यस क्षेत्रमै पहिलो हो । यस अघि प्रोजेक्ट वर्कको क्रममा विद्यार्थीहरुले टपरी बनाउने मेसिन बनाएका थिए । अहिले विद्यार्थीहरु विनोद पौडेल, सम्राट बस्याल, शसिल चौधरी, सुवास पुरी, अमुल भट्टराई, मनिष थारु र अनुप घिमिरेको टिमले गार्वेज मेसिन बनाएका हुन ।
शिक्षालयका शिक्षालय प्रमुख नविन किशोर गैरेले आफ्ना विद्यार्थीहरुले अध्यायनकै क्रममा गर्ने प्रोजेक्ट अनुसार गार्वेज मेसिन बनाएको र यसमा स्कुलकै सामानहरु प्रयोग भएको बताए । ‘यो मेसिन बनाउन सवै विभागका विद्यार्थीहरु सामेल भएका छन् । उनीहरुको लगनशिलता, क्षमताले नै यो २० दिनमा तयार भएको हो’ उनले भने ।


गार्वेज मेसिनले १५० टनको बलमा बस्तुलाई च्याप्छ र त्यसको भोलुम (मात्रा)लाई सानो बनाउँछ । खासगरी यो मेसिन बढि मात्रामा फोहोर प्रशोधन केन्द्रमा प्रयोग हुन्छ । शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरुले बनाएको यो मेसिन सन्धिखर्क नगरपालिकामा जाने बताए ।
अहिले स्थानिय तहहरुले फोहोर प्रशोधनमा प्रयोग गर्ने यो मेसिन भारतबाट आउने गर्दथ्र्यो । भारतिय बजारमा यो मेसिनको मुल्य २० देखि २५ लाख रुपैयाँ सम्म पर्छ । विद्यार्थीहरुले बनाएको यो मेसिनमा भने साढे ११ लाख मात्र लगानी भएको शिक्षालय प्रमुख गैरेले बताए । ‘यदि कुनै पनि पालिकालाई यो मेसिनको आवश्यकता छ भने हामीले बनाएर दिन सक्छौ । भारतबाट खरिद गर्नुपर्ने भन्दा करिव आधा सस्तो पनि पर्न जान्छ । नेपाली विद्यार्थीहरुको आत्मबल पनि बढ्छ’ उनले भने ।
मेसिन निर्माणकर्ता मध्येका एक अनुप घिमिरेले यस अघि टपरी बनाउने मेसिन बनाएपछि आफुहरु हौसिएको र यो मेसिनको डिमान्ड आएपछि साथीहरु मिलेर टिम बनाएर तयार गरेको बताए । अर्का विद्यार्थी विजय पौडेलले यो मेसिन निर्माणमा शिक्षकहरुको निर्देशनका साथै विद्यार्थीहरुको मेहनत, दुःख र श्रम प्रयोग भएको बताए ।
आफुहरुले गरेको प्राजेक्ट सफल रुपमा परीक्षण गर्न पाउँदा गौरव महशुस भएको भन्दै उनले अब यो मेसिन बनाउँदा अहिले जस्तो धेरै समय नलाग्ने बताए ।
शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले आफ्नो कार्यालयमा यस्ता मेसिन बनाउन स्पेसिकेशन बनाउन निवेदनहरु आउने र त्यहि क्रममा सन्धिखर्कबाट समेत यो मेसिनका लागि निवेदन आएपछि विद्यार्थीहरुलाई बनाउन लगाइएको बताए । उनले फाईनल परीक्षाका प्राजेक्टका रुपमा यो प्रोडक्ट तयार गरेको बताए ।
शिक्षालयका मेकानिलक डिपार्ट प्रमुख जनक भण्डारीले पहिला टपरी बनाउने मेसिन विद्यार्थीहरुले बनाएको र त्यो सफल भएपछि अहिले गार्वेज मेसिन बनाएको बताए । उनका अनुसार यस अघि विद्यार्थीहरुले बनाएको टपरी बनाउने मेसिन पाल्पाको माथगढी गाउँपालिकाको मात्र ३ वटा खरिद गरी लगिसकेको छ । यस्तै देवदह नगरपालिकाले पनि ३ वटा लगेको छ । विभिन्न साईजका डाई प्रयोग गरेर निर्माण गरिने यो टपरी बनाउने मेसिन अर्डर आउँदा साथ विद्यार्थीहरूले निर्माण गरी विक्रि गर्दै आएको उनले बताए ।
‘हामीले अब गार्वेज मेसिनको अर्डर आएमा पनि बनाएर दिन्छौ । यो सफल परीक्षण भएको छ । केही समयमै यो सन्धिखर्कमा इस्टोलेशन हुन्छ’ उनले भने ।
त्यस्तै नेपालमा प्रयोग भैरहेको ट्राफिक सडक बत्तीमा ईलेक्ट्रोनिक्स कम्पोनेन्टको प्रयोग बढि भैरहेको अवस्थामा सोही शिक्षालयका विद्यार्थीहरूले ईलेक्ट्रीकल कम्पोनेन्टको प्रयोग गरेर नेपालमा पहिलो सडक वत्ती निर्माण गर्दै गरेका छन । विद्यार्थीहरु श्रीजन खत्री र शुसिल आचार्यको सक्रियतामा यो प्रोजेक्ट तयार हुँदैछ ।
शिक्षालय वि.स. २०६९ सालदेखि ३ वर्षीय डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा ९०० विद्यार्थी अध्ययनरत छन । शिक्षालय केही समय अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा प्राविधिक विद्यालय तर्फ नेपालमै प्रथम भएर पुरस्कृत समेत गरिसकेको छ ।
प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा सहित १ लाख रूपैयाँ नगद सहित पुरस्कृत भएको थियो ।
शिक्षालयमा इलेक्टीकल एण्ड इलेक्टोनिक्स, मेकानिकल, अटो मोबाईल, रफ्रिजेरेसन एण्ड एयरकन्डीसन र आईटी अध्यायन हुने गर्दछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार