रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

गुल्मी हाडहाडेकी मनिषा जि.सीः १० महिनामा लोकसेवाका ५ परीक्षा उत्र्तिण, सवैतिर हाइहाई

बुटवल । अक्सर लोकसेवा आयोगको परीक्षा उत्र्तिण गर्नु चानचुने कुरा होईन ।

धेरै पटकको मेहनत र प्रयासले मात्र आयोगको परीक्षा उत्र्तिण हुनेहरु धेरै छन् । तर केही त्यस्ता पनि छन जो आयोगले एक बर्षमा लिएका एक÷दुई होईन, पाँच वटा परीक्षामा उत्र्तिण गर्न सक्छन् । त्यहि मध्येकी एक हुन–गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ३ की मनिषा जिसी ।

मनिषालाई विष्णु घर्ती भनेर पनि चिनिन्छ । उनै मनिषा आयोगले १ बर्षमा लिएका ५ वटा परीक्षा उत्र्तिण गरेपछि यति सवैतिर हाईहाई छाएको छ ।

पढाईमा तृष्ण दिमाग रहेकी मनिषा आफ्नो एक महिनाको अध्यायनले नै यो सवै सम्भव भएको बताउँछिन् । बुटवलको कालिका क्याम्पसमा स्टाफ नर्स प्राविधिक शिक्षा तर्फ स्नातक दोश्रो वर्षमा अध्ययनरत मनिषाले सुरुमा कोशी प्रदेश लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह उत्र्तिण गरेकी थिईन । उक्त परीक्षा उत्र्तिण पछि उनी ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सिफारिस भएकी थिईन ।

पहिलो परीक्षा उत्र्तिण बाट हौसिएकी मनिषा त्यसपछि लुम्बिनी प्रदेशको लोकसेवा आयोगले लिने परीक्षामा सहभागिता जनाईन । आयोगको प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह पनि उत्तिर्ण गरिन ।

त्यसैगरी लुम्बिनी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा अन्तर्गत स्थानीय स्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह पनि उत्तिर्ण गरिन ।

बागमती प्रदेश लोकसेवा आयोग, स्वस्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तहमा उनी उत्र्तिण भईन । उनले १० महिनाको अवधिमा दिएको पाँचौ परीक्षा संघिय लोकसेवा आयोग, केन्द्रिय कार्यालय काठमाडौं, स्वास्थ्य सेवा, प्राविधिक नर्सिङ समूह, पाँचौ तह उत्तिर्ण गरेकी थिईन ।
मनिषा मेहनत र परिश्रम गरे सफलता हात प्राप्त गर्ने बताउँछिन् । ‘आफुले कसरी अध्यायन गर्ने यो सेडुल बनाउँनु पर्छ । त्यहि सेडुल बनाएर पढाईमा मात्र गहिरो ध्यान दिने हो सफलता हात पार्न सकिन्छ’ उनले भनिन् ।

उनले सानो उमेर देखि नै नर्सिङ अध्यायन गर्ने आफ्नो रुची भएको र अहिले एक पछि अर्को गर्दै सफलता प्राप्त गर्दा खुसी लागेको बताईन ।
उनले आफुले अध्यायन गर्ने समयमा आफ्नो सवै साथी र सारथी पुस्तक मात्र रहेको बताईन । ‘सानो देखिको सपना क्रमश साकार हुँदै गएको छ । लक्ष्य त अझै धेरै माथी पुग्नु छ’ उनले भनिन्–‘मेहनतले फल दिदा को पो खुसी हुन्न र !‘

गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उत्र्तिण गरेकी मनिषा हाल बुटवल कालिका क्याम्पस बुटवलमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्दै आएकी छिन् ।

उनले स्टाफ नर्स भने बुटवलकै मेडिटेक नर्सिङ कलेज बाट विसं २०७५ मा उत्तीर्ण गरेकी गरेकी थिईन । उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार