रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी

एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगारमा जाने नेपालीको हरुको लागि मलेशिया मुख्य गन्तब्य हो । त्यसैले बीबी एअरवेजले काठमाडौ साथै भैरहवाबाट पनि उडान सुरु गर्ने तयारी गरेको हो ।

एक बर्ष अघि भैरहवा मलेसिया रुटमा हिमालयन एअरलाइन्सले चार्टर्ड उडान गरे पनि केही समय पछि बन्द गरेको थियो । अहिले रास्ट्रीय ध्वजा वाहक नेपाल एअरलाइन्सले साप्ताहिक रुपमा प्रत्येक मंगलवार मलेसिया भैरहवा उडान गर्दै आएको छ । एयरवेजले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरे लगत्तै थप तयारी अघि बढछ।

अन्तर्राष्ट्रिय उडानका लागि बीबी एयरवेजलाई छिटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने तयारी छ । एनओसी उडान सञ्चालनको अनुमति हो र नागरिक उड्ययन प्राधिकरणले प्रदान गर्दछ । छिटै काम सम्पन्न भए अबको २ हप्तामा एनओसी बीबी एअरवेजले प्राप्त गर्नेछ । एनओसी प्राप्त गरे लगत्तै कम्पनीले जहाज ल्याएर प्रदर्शनी उडान गर्नु पर्छ ।

बीबी एयरवेजले प्राधिकरणमा दुई वटा एयरबस ३२० न्यारोबडी जहाज ल्याएर व्यावसायिक उडान गर्ने योजना पेश गरेको छ । एनओसी प्राप्त भएमा जनवरी भित्रै उडान सुरु गर्ने योजना बीबीको छ ।

बीबीले काठमाडौंका साथै भैरहवाबाट पनि व्यावसायिक उडान गर्ने भए पछि एयरवेजले केही कर्मचारी भर्ना गरिसकेको छ ।

कम्पनीले सुरेशमान सिंह सीईओ, केबी थापा क्यामो डाइरेक्टर र वरिष्ठ क्याप्टेन ओबी गुरुङ अपरेसन डाइरेक्टर नियुक्त गरि सकेको छ । यस्तै देशभित्र चेक पाइलटको अभाव रहेकाले कम्पनीले श्रीलंकाका एक वरिस्ठ क्याप्टेन पनि ल्याउने भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार