रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रामग्राम स्तुपमा भेटियो प्राचिन विहारकाे पर्खाल र पोखरी

लुम्बिनी । शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा  भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ ।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि गरेको उत्खनबारे जानकारी दिन आईतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचिन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।

उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे ।

उनले अहिले भएको उत्खननबाट फेला परेका प्राचिन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स ) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए ।

उनले विहारका भग्नाअवशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको समेत बताए । उनले रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भममा स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाए ।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ ।

रामग्राममा प्राचिन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचिन सामाग्रहीहरु फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

उनले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचित सहर रहेको देखिएको बताए । उनले कोलिय राज्यको सहरका रुपमा पण्डितपुर हुनसक्ने आधारहरु देखा परेको बताए ।

उत्खनन र भौगर्भिक सर्भेका बारेमा दुर्गाह विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचिन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताए ।

उनले आफुहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचिन संरचनाहरु पत्ता लगाउने भएपनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने बताए ।

कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खखन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताए ।

रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र बस्तुहरुको कालअवधी (समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताए ।

कार्यक्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लागतको उपस्थिती रहेको थियो ।

रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठभागमध्येको एक ठाउँ हो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार