बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

थाइल्याण्ड-भैरहवा पहिलोपटक चार्टर उडान, लुम्बिनी दर्शनलाई आए धर्मगुरुसहितको टोली

काठमाडौं। थाइल्याण्ड-भैरहवा पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। शुक्रबार थाइल्याण्डका धनाढ्य समूह र धर्मगुरुसहित लुम्बिनी दर्शनका लागि प्राइभेट जेट लिएर आएका हुन्।

विमानस्थल प्रमुख हंसराज पाण्डेका अनुसार एम-एलसीएफसी कलसाइनको प्राइभेट जेटमा आएको टोली शुक्रबार नै स्वदेश फर्किएको थियो। ‘यो विमानस्थल संचालनमा आएको १७ महिनापछि पहिलोपटक प्राइभेट जेटसहितको चार्टर्ड उडान भएको हो। उक्त उडान हाम्रो विमानस्थलको सेवा थप विस्तार र मुलुकको पर्यटन प्रवर्धनमा थप टेवा पुर्‍याउन सकारात्मक हो।’

गौतमबुद्धको विशेष पूजाका लागि उक्त समूह लुम्बिनी आएको उनले बताए। भविष्‍यमा भैरहवामा चार्टर्ड उडानमार्फत लुम्बिनी आउने पर्यटककका लागि उक्त उडानले बाटो खोलेको उनको भनाइ छ।

थाई समूहले सीएलो डेल रे कम्पनीको बोइङ ७३७ सिरीजको जेट लिएर आएको थियो। उनका अनुसार उक्त उडानमा १८ जना यात्रु र पाँच जना चालकदलसहित २३ जनाको सहभागिता थियो।

थाई टोलीको यात्रा व्यवस्थापन स्पेसियलाइज्ड टुर एण्ड ट्राभलले गरेको उनले जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार गत वर्ष सन् २०२२ को अक्टोबरदेखि चालु वर्ष २०२३ को नोभेम्बरसम्म यहाँ २५ वटा चार्टर्ड उडान भएका छन्। त्यसमा ५० जनाले सेवा लिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार