मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

थाइल्याण्ड-भैरहवा पहिलोपटक चार्टर उडान, लुम्बिनी दर्शनलाई आए धर्मगुरुसहितको टोली

काठमाडौं। थाइल्याण्ड-भैरहवा पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। शुक्रबार थाइल्याण्डका धनाढ्य समूह र धर्मगुरुसहित लुम्बिनी दर्शनका लागि प्राइभेट जेट लिएर आएका हुन्।

विमानस्थल प्रमुख हंसराज पाण्डेका अनुसार एम-एलसीएफसी कलसाइनको प्राइभेट जेटमा आएको टोली शुक्रबार नै स्वदेश फर्किएको थियो। ‘यो विमानस्थल संचालनमा आएको १७ महिनापछि पहिलोपटक प्राइभेट जेटसहितको चार्टर्ड उडान भएको हो। उक्त उडान हाम्रो विमानस्थलको सेवा थप विस्तार र मुलुकको पर्यटन प्रवर्धनमा थप टेवा पुर्‍याउन सकारात्मक हो।’

गौतमबुद्धको विशेष पूजाका लागि उक्त समूह लुम्बिनी आएको उनले बताए। भविष्‍यमा भैरहवामा चार्टर्ड उडानमार्फत लुम्बिनी आउने पर्यटककका लागि उक्त उडानले बाटो खोलेको उनको भनाइ छ।

थाई समूहले सीएलो डेल रे कम्पनीको बोइङ ७३७ सिरीजको जेट लिएर आएको थियो। उनका अनुसार उक्त उडानमा १८ जना यात्रु र पाँच जना चालकदलसहित २३ जनाको सहभागिता थियो।

थाई टोलीको यात्रा व्यवस्थापन स्पेसियलाइज्ड टुर एण्ड ट्राभलले गरेको उनले जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार गत वर्ष सन् २०२२ को अक्टोबरदेखि चालु वर्ष २०२३ को नोभेम्बरसम्म यहाँ २५ वटा चार्टर्ड उडान भएका छन्। त्यसमा ५० जनाले सेवा लिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित