आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

बुटवललाई गुल्जार र चलाएमान बनाउने हाम्रो टिमसँग स्पष्ट योजना छः हरिप्रसाद अर्याल

बुटवल÷वि.स.२०२६ साल गुल्मीको सिसेनी गाविस–४ रियाले गाउँमा जन्मिएका हरिप्रसाद अर्यालले विद्यालय तहको शिक्षा स्थानीय मालिका माविबाट प्राप्त गरेका हुन् ।

काठमाडौंबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका अर्यालले स्नातक तहको पढाई बुटवल बहुमुखी क्याम्पसमा सुरू गरे पनि पूरा नहुँदै छाडे ।

कुनै बेला बुटवल नगरपालिकामा कर्मचारी रहेका उनी अहिले बुटवलको व्यवसायमा जमेका व्यक्तिमा परिचिति छन ।

उनी व्यवसायीमाझ लोकप्रिय पनि छन् । २०६५ सालमा बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य बनेका अर्याल २०६८ सालमा सचिव पदमा मनोनयन दर्ता गराए पनि सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि मनोनित वाणिज्यतर्फको सदस्यमा कार्यरत रहे । त्यसपछि उनी महासचिव भएर दरिलो भूमिका निर्वाह गरे ।
महासचिवपछि वाणिज्य उपाध्यक्ष भए ।

अघिल्लो अधिवेशनमा उनी अध्यक्षमा प्रष्तिपर्धा गरे । तर, जित अर्यालको पक्षमा नआए पनि सम्मानजनक मत ल्याए । सरल मिठास, सबैलाई मिलाउन सक्ने खुवी भएका अर्याल पुस्तक तथा स्टेशनी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर देशभर आफ्नो परिचयलाई झनै विस्तार गरे । शुक्रबारदेखि सुरु भएको बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनमा उनी अध्यक्षका उम्मेदवार बनेका छन् ।

अधिवेशनकै सन्दर्भमा अर्यालसँग गरिएको कुराकानीको सारसंक्षेप ।

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हजुरको उम्मेदवारी किन ?
बुटवल उद्योग वाणिज्य संघ यस क्षेत्रका उद्योग व्यवसायीको छाता संगठन हो । यसको नेतृत्व अव परम्परागत ढंगले चल्न सक्दैन ।

त्यसैले अहिलेको हाम्रो समावेशी नेतृत्व युवाहरु उद्योग वाणिज्य संघमा ल्याउन मैले उम्मेदवारी दिएको हुँ । संघमा राम्रा काम लागू गर्न र युवा व्यवसायीलाई नेतृत्वमा पु¥याउन मेरो उम्मेदवारी हो । बुटवललाई गुन्जार र चलाएमान बनाउने हाम्रो टिमसँग स्पष्ट योजना छ ।

भनेपछि जित्नेमा ढुक्क हुनुहुन्छ ?
म सहित हाम्रो प्यानल जित्नेमा ढुक्क छौ । किनभने विगतका वर्षको जस्तो अहिलेको निर्वाचन छैन् । अहिले बुटवलका व्यवसायीले उद्योग वाणिज्य संघमा परिवर्तन चाहेका छन् । यस अघि संघमा मैले गर्दै आएको काम र मेरो विचारलाई आम व्यवसायीले हाम्रो टिमलाई मत दिएर जिताउने भेटघाटमा व्यक्त गर्नुभएको छ । त्यसैले हाम्रो समावेशी टिम जित्नेमा ढुक्क छ ।

निर्वाचमा टिमको जित निश्चित छ त भन्नुभयो आधारहरु के के हुन ?
म उद्योग वाणिज्य संघमा जोडिएको दुई दशक भयो । मैले उद्योग वाणिज्य संघमा जिम्मेवारीका साथ काम गरँे । त्यसकारण व्यवसायीको मन मैले जितेको छु भन्ने ठानेको छु । मेरो नेतृत्वमा संघ आउँदा सबैको हितमा काम हुने सबै व्यवसायीको विश्वास छ । यस आधारमा पनि हाम्रो टिमले चुनाव जित्छ ।

बुटवल उद्योग वाणिज्य संघको नेतृत्व कस्तो होस भन्ने चाहनुहुन्छ ?
देशका सबै क्षेत्रमा युवा शक्ति आउनुपर्ने म देख्छु । किनभने नेतृत्वकर्ता अब युवा नैं हो जुनसुकै क्षेत्रमा पनि । अब संघमा हाम्रो जुझारु उद्यमी सहितको टिम नेतृत्वमा आउन आवश्यक छ । त्यस्तै यस अघि ल्याइएका पूर्वाधार विकास आयोजनाहरुलाई निरन्तरता दिदै राजश्व, प्रशासन, स्थानीय सरकारबाट हुने विभिन्न झन्झट विरुद्ध व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व जरुरी छ ।

बुटवलका व्यवसायीका समस्याहरु के–के छन ?
अहिलको बुटवलको मुख्य समस्या भनेको बजार सुनसान हुनु हो । बुटवललाई पुरानै अवस्थामा फर्काएर व्यापार व्यवसायमा अब्बल बनाउनुपर्ने प्रमुख काम हो । बुटवलमा पार्किङको समस्या, छाडा चौपायाको पनि उस्तै छ । त्योसँगै बुटवलमा औद्योगिक क्षेत्रका लागि सधै जग्गा अभाव छ त्यो समस्या हल गर्ने हो ।

त्यस्तै बुटवलको मोतिपुर औद्योगिक क्षेत्र निर्माणमाको कामलाई छिट्टो अघि बढाउन सरकारलाई दबाब र खवरदारी आवश्यक छ । आर्थिक मन्दीले यहाँका उद्योग र व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । यी समस्या समाधानको लागि स्थानीय सरकारसँग सहकार्य गरी काम गनुर्पछ । बुटवल बजारलाई गुन्जार बनाउनुपर्नेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त हाम्रो टिमको विधार र धारणा आम उद्योग व्यवसायीमार्फत पु¥याउन सहयोग गर्ने तपाईलाई धन्यवाद भन्छु । बुटवल उद्योग वाणिज्य संघमा कसल्े काम ग¥यो र नेतृत्वमा कुन टिम आउन आवश्यक छ भन्ने सबै व्यवसायीलाई थाहा छ । त्यसैले अर्याल नेतृत्वको समावेशी टिमलाई उद्योग वाणिज्य संघको नेतृत्वमा पुयाउनुहुनेछ भन्ने सबै व्यवसायीलाई विनम्र अनुरोध गर्न चाहन्छु ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार