रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

स्वस्थ रहन के गर्छन् डा सौगात पौडेल [फिटनेस वार्ता]

तपाईं फिट रहन के गर्नुहुन्छ?
म आफूलाई फिट राख्न दौडिन्छु। त्यो बाहेक म वेट लिफ्टिङ लगायतका कसरतहरु पनि गर्छु।

यस्तो कसरत कहिले कहिले गर्नुहुन्छ नि?

म हप्ताको तिनदेखि चार दिन दौडिन्छु। हरेक हप्ताको शनिबार, आईतबार र बिहिबार नछुटाई दौडिने गर्छु।

कुन समयमा दौडिनुहुन्छ?

शनिबार बिहानमा दौडिन्छु र अन्य दुई दिन साँझमा दौडिन्छु। फुर्सद भए अन्य समयमा पनि दौडिन्छु।

 काठमाडौं दौडिनका लागि सुरक्षित छ त? 
अन्य ठाउँको तुलनामा म दौडिने रुट चाहिं सुरक्षित नै छ। त्यही रुटमा दैनिक अरु मानिसहरु पनि दौडिनु हुन्छ। तर काठमाडौँमा अन्य ठाउँमा निकै नै गाह्रो छ। सरकारले रनिङ रुट निर्माणमा पहल गर्न सके गज्जब हुन्थ्यो। मैले सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेनले यो काम गर्दिए हुन्थ्यो भनेर समेत लेखेको थिएँ।

दैनिक कति किलोमिटर दौडिनु हुन्छ?
म कम्तिमा ८ देखि १० किलोमिटर दौडीन्छु।

 किन दौडिने?  यसले के फाईदा गर्छ?
दाैडिदा शरीरसँगै दिमाग पनि फ्रेस हुन्छ। उमेर बढेसँगै स्वास्थ्यमा धेरै समस्याहरु आउन थाल्छ। उक्त अवस्थामा मांसपेशीहरु सकेसम्म बलियो बनाउनु पर्छ। योसहित कार्डियक कसरतहरुले हाम्रो मुटुको अवस्थाहरु पनि राम्रो बनाउँछ। स्वस्थ जीवन बाच्न फिट रहन जरुरि हुन्छ।

यी बाहेक अन्य केके कुरामा  रुची छ?
म समय हुँदासम्म ननफिक्सन किताबहरु पढ्छु। त्योसँगै क्यान्सरको डाक्टर भएको हुनाले नेपालमा क्यान्सर र नसर्ने रोगको क्षेत्रमा केके गर्न सकिन्छ भन्ने खाले रिसर्चहरु पढ्न, योजनाहरु बनाउन मन लाग्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?
स्वस्थ रहन शारीरिक कसरत निकै महत्वपूर्ण हुन्छ। कार्यव्यस्तता भएता पनि समय निकालेर केही न केही शारीरिक कसरत गर्न अनुरोध गर्छु। कसरतले नसर्ने रोगहरु मुटु, छाती र अन्य रोगहरुको जोखिम पनि कम हुन्छ र स्वस्थ जीवनयापन गर्न सकिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित