लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा ४ प्रदेशमा पानी पर्दै, आज कता-कता होला भारी वर्षा? बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार बुटवलमा एमाले कार्यकर्ताको हत्या प्रकरणः २ जना पक्राउ लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे २५ लाखको लगानीमा बुटवलमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू जगदम्बा स्टिलमा विद्युत प्राधिकरणले काट्यो लाइन होटल पौवा ग्रुप ‘मिसन १००’ को यात्रामा, सिन्धुलीमा १४ औं शाखा बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक बढ्दै                
समाचार :

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता

बुटवल । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको पाइएको हो ।

मिश्रलाई भुमाफियाहरुले प्रयोग गरेर हदबन्दी भन्दै विमानस्थल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता गराएका हुन ।
हाल विमानस्थल उद्घाटन भइ सञ्चालनमा आएको अवस्थामा विमानस्थल भित्रकै जग्गा व्यक्तिका नाममा दर्ता भएको रहस्य बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय यस बारे छानविन सुरु गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषय बाहिर आए संगै जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको बताए । उनले सवै मातहतका कार्यालयबाट फाईल ल्याउन लगाई अनुसन्धान सुरु गरेको बताए ।

‘मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाईल मगाएर अध्ययन सुरु गरिएको छ । यसमा सवैको चासो भएकाले हामी पनि गम्भिर भएर अनुसन्धानमा लागेका छौ’ उनले भने ।

भारतको गोरखपुरमा बस्दै आएका मिश्रलाई प्रयोग गरेर भुमाफियाहरुले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका हुन ।
सातवटा कित्तामा रहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन २०८० बैशाख ८ गते मालापोत कार्यालय, रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको छ ।
भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको जमिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्छ ।

अहिले पनि जीर्ण अवस्थामा विमानस्थल भित्र काली मन्दिरको संरचना छ । त्यो जग्गा नभत्काइ यत्तिकै छाडिएको छ ।

अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरेर मुआव्जा बापतको करोडौ रुपैयाँ हत्याउन भुमाफियाले मिश्रलाई प्रयोग गरेका हुन । यदि दावी गरिएको जग्गाबाट मिश्रले मुआब्जा पाए करिब ९ करोड रुपैयाँ पाउँछन । यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ ।

हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन । तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा जग्गा दर्ता गरिदिएको हो ।

त्यसपछि मिश्र परिबार मुआव्जाको दावी गर्दै विमानस्थल आयोजनाको कार्यालयमा पुगेका थिए । उनीहरुले मुआव्जाको निवेदन दिए संगै यो घटना बाहिर आएको हो ।

काली मन्दिर

फिल्डबुकमा कसैको नाममा दर्ता नभएको र ५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा अहिले व्यक्तिको नाममा दर्ता भएको हो । रुपन्देहीका मालपोत अधिकृत कुमार आचार्यले जिल्ला अदालतले ०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गर्न भने पनि आफुहरुले नगरेको पछि उच्च निर्णय कार्यान्वयन गर्न भनी फैसला गरेपछि आफुहरुले दर्ता गरिदिएको बताए ।

उच्चले जग्गा दर्ता गर्न आदेश दिएपछि मुआव्जाका लागि आयोजनामा निवेदन मिश्रले दिएपनि विमानस्थल आयोजनाले भने मुआव्जा दिन नसक्ने बताएको छ । ‘त्यो जग्गा २०७९ सम्म फिल्डबुकमा कसैको नाममा थिए । दावी पनि परेको थिएन । अहिले आएर दावी परेपनि हामीले मुआव्जा दिन सक्दैनौ । यस बारे सवै तिर हामीले जानाकारी गराएका छौ’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने ।

उनले यस बारे नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन लगायतमा जानकारी गराएको समेत बताए ।

के हो खास बास्तविकता
पुराना तथ्य र प्रमाणपले पनि उक्त जमिन व्यक्तिको भएपनि हदबन्दीका कारण कालि मन्दीरलाई दिइएको विभिन्न अभिलेख बाट देखिन्छ ।
सिद्धार्थनगर–१० निवासी निसन्तान सुर्जा मिश्राइनको २०२२ सालमा ३० विघा १४ कठ्ठा १४ धुर जमिन थियो । २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालिन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ ।

यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

३० बिगाहमध्ये १३ बिगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ ।

फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगाह १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब शुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन ।

२०२५ माघ १८ गते मिश्राइनको मृत्यु भयो । त्यसपछि जग्गा कसले अपुताली खाने भनि विवाद भयो । त्यहि ०६४ सालमा उच्च अदालतको नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय ग¥र्यो ।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ । मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो ।

विमानस्थलको पर्खाल भित्र परेको जग्गा

उनको मृत्युपछि नजिकको हक खाने नाती पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० विघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो । मिश्राइनका ३० विघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ विघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ विघा जमिन दिए पछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो ।

आफ्नो नाममा आए जमिन मिश्रले विभिन्न मितिमा विक्री गर्दै गएको देखिन्छ । विक्री गरेर बाँकी रहेको १ विघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए ।

अचम्म के छ भने हदबन्दी भन्दै तत्कालीन समयमा जग्गा धनीले नै मन्दिरलाई दिएको जमिन अहिले व्यक्तिको नाममा गराउँदा साटफेर गरेर दर्ता गरिएको छ । भुजौली नक्सा सिट ९ (ख) को २९ नम्बर कित्ताको जमिन मिश्रको नाममा गराउँदा मालपोतले भुजौली नक्सा सिट ९(क) भनेर दर्ता गरिदिएको छ । यसले पनि मिलोमतोको पुष्टि गर्ने दावी आयोजनाको छ ।

जवकी नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार