तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चलचित्र ‘परदेशी २’ : बुटवलमा आएका प्रकाश सुपत र केकी अधिकारीले के भने ?

बुटवल । दशैंको अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा छ ।

फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिमले मंगलबार बुटवलमा पत्रकारहरुसँग साक्षात्कार गरेको छ ।

चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा फिल्मका मूख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनित पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए । ‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन ।

पहिलो फिल्म भएकोले उत्साहित भएको छु ।’, उनले भने । आगामी दिनमा आफ्नै कथामा फिल्म निमार्ण गर्ने योजनामा रहेको उनले सुनाए । प्रकाशको यो डेब्यु चलचित्र हो । त्यस्तै अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको बताइन् ।

मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन् । ‘परदेशी २ मा प्रत्येक घर–घरको कथा समावेश छ । यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । यो हामि सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’, उनले भनिन् ।

निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेकोे बताए । संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मूख्य सार रहेको उनले सुनाए । ‘परदेशी २’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको उनले जानकारी दिए ।

फिल्मको टिमले मंगलबार नै बुटवलका बिभिन्न कलेजहरुमा पुगेर ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

‘परदेशी २’को टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ । विभिन्न हिसाबले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित