कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

गुल्मेली युवा डाक्टर रुद्र भण्डारीको नेतृत्वमा धादिङ अस्पतालले काँचुली फेर्दै

बुटवल । गुल्मीको अमरपुर चौरासीका युवा डाक्टर रुद्र भण्डारी यति बेला धादिङ्ग जिल्ला अस्पतालमा छन् । उनले नेतृत्व गर्न थालेपछि जिल्ला अस्पतालमा विरामीले सहज सेवा पाउन थालेका छन भने उपचार सेवा पनि प्रभावकारी बन्दै गएको छ ।

जिल्ला सदरमुकाम धादिङबेशीस्थित अस्पतालमा पहिले सीमित चिकित्सकबाट उपचार सेवा दिँदै आएकोमा अहिले ८५ शय्या क्षमताको यो अस्पतालमा अहिले २५ जना चिकित्सक कार्यरत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र भण्डारीले बताए ।

अस्पतालमा अहिले गाइनो, एपेन्डिसाइटिस, हड्डी, हर्निया र हाइड्रोसिलको श्लयक्रिया हुँदै आएको उहांको भनाई छ ।

‘पुरानो भवनमा‌ सेवा दिइरहेको यो अस्पतालले आफ्नो छुट्टै ३० लाखको लागतमा सिटिस्क्यान भवन निर्माण भएको छ। १५० जना दक्ष जनशक्ति र अस्पतालको पाङ्गणमा पार्किङको व्यवस्था रहेको छ। सिटि स्क्यान मेसिन चाँडै नै शुरु हुन्छ।’ उनले भने ।

यस्तैगरी अर्को महिनादेखि छाला तथा नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टरहरु बाहिर बाट लिएर सेवा दिने योजना रहेको छ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा MSS (न्युनतम सेवा फलोअप मापदण्ड मापन कार्यक्रम) अन्तर्गत भएको कार्यक्रममा धादिङ अस्पतालले ९६% प्राप्त गर्न सफल भएको डा. भण्डारीले बताए।

अस्पताल विकास समितिका अध्यक्ष राजाराम रिजालले बागमती प्रदेश सरकारले उक्त अस्पतालको क्षमता विस्तार गरी एक सय शय्या बनाउन लागेको जानकारी दिए ।

रिजालका अनुसार अहिले दैनिक अस्पतालमा ५ सय भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी आउने गरेका छन् । चिकित्सकसहित जनशक्ति थपिँदै गए पनि अहिले पनि पर्याप्त जनशक्ति नरहेको उनले बताए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मेरो जन्मभूमि धादिङमै भएकाले यो अस्पताललाई नमुना अस्पताल बनाउने बताउनु भयो ‌।

मन्त्री जमकट्टेलले यस अस्पतालमा सवै विभागका रोग विशेषज्ञ चिकित्सक पुर्याउने बाचा पुरा गर्ने बताए।

धादिङ अस्पतालमा नेपालमै पहिलोपटक Liquid Waste Management शुरु गरेको छ। इटालीबाट ल्याएर बागमती प्रदेश सरकारले सुचारुमा ल्याएको हो।

हेल्थन्यूजको सहयोगमा

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार