तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २/२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १/१ जनामा सङ्क्रमण देखिएको छ।

गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन। प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको रातोपाटीलाई बताए।

Nabil bank
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फिजिसियन डाक्टर नन्दु पाठकले अहिले अस्पतालमा फाट् फुट् डेंगु रोगी आएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित