बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे

बुटवल । तिनाउ नदिमा बगरे एक बालकको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ स्थीत श्रृजना नगरमा रहेको आफन्तकोमा भेटन आएका २ बालक नदिमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए।

आफ्नी आमासंग सानी आमाको घरमा भेट गर्न आएका बरेङ गाउपालिका वडा नं ४ बाग्लुङ घर भई श्रृजना नगर बस्ने १२ बर्षिय बिवस खत्री र सैनामैना नगरपालिका बस्ने ८ बर्षिय बिप्रन पाण्डे तिनाउ नदिमा बगेका हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदिमा पौडी खेल्न गएका ३ जना मध्ये दुई जनालाई नदिले बगाएको देखेपछि संगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। तिनाउ नदिमा बगेका दुवै बालक दिदि बहिनीका छोराहरु हुन्।

तिनाउ नदिमा बगेका मध्ये १२ बर्षिय बिवस खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल मृत अवस्थामा नदिमा भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले बताए।

पण्डितका अनुसार नदिमा हराई रहेका बिप्रन पाण्डेको खोजी भैई रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित