रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी

बुटवलको मणिमुकुन्द सेन उद्यान फुलबारीमा एकवर्षमा झण्डै सात लाख पर्यटकले अवलोकन गरेका छन् ।

गत आर्थिक वर्ष २०८०÷८१ मा झण्डै साढे पांचलाख पर्यटक सशुल्क र एकलाख पचास हजार पर्यटक निशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।

यो अवधीमा ५७ हजार बढि भारतीय पर्यटक र तिन लाख ९० हजार बढि आन्तरिक पर्यटक रहेका छन् । समितिले बुधवार पत्रकार सम्मेलन गरी उद्यानमा एकवर्षको अवधीमा भएगरेका कामहरुको बारेमा जानकारी गराएको थियो ।

सोहि अवसरमा समितिका महासचिव युवराज घिमिरेले गत आर्थिक वर्षमा ३ करोड ७३ लाख ६१ हजार आम्दानी गरि ३ करोड ३७ लाख १४ हजार बराबरको विभिन्न कामहरु गरिएको बताए ।

यो अवधीमा शिवालय मन्दिर पुनर्निर्माण, कुंडुले घर तथा सन्चोविसन्चो केन्द्र निर्माण चिडियाखाना र बगैंचा निर्माण निर्माण तथा व्यवस्थापन लगायतका कार्यहरु सम्पन्न गरिएको बताए ।

समितिका अध्यक्ष माधव नेपालले उद्यानमा विभिन्न संरचनाहरुको विकास तथा निर्माण गर्नुपर्ने भएपछि श्रोत अभावका कारण काम अगाडी बढाउन नसकिएको बताए ।

उनले मणिमुकुन्द सेन उद्यान फुलबारी मात्र नभई पुरातात्विक सम्पदा भएकोले यसलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गराउनका लागि सबै क्ष्ँेत्रबाट पहल हुनुपर्ने बताए ।
फुलबारीलाई आकर्षक बनाउन सके स्वदेशी तथा विदेशी पर्यटकहरु समेत भित्राउन सकिने अध्यक्ष नेपालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित