मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध

लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री बनेपछि विरोध भइरहेको छ। एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुण्डा गर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि विरोध भएको हो।

उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको हो । कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ। राजनीतिक आडमा बादशाहमाथि अनुसन्धान नगरिएको भन्दै बाँकेकी अधिकारकर्मी रुवी खानको अगुवाइमा आन्दोलन हुँदै आएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

यस्तै मन्त्रीमा नियुक्त भएका सरोज थापालाई गुन्डागर्दीको अभियोगमा प्रहरीले यसअघि पटकपटक पक्राउ गरेको थियो । विवादित छवि र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि बढेको छ ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आठजना मन्त्री नियुक्त गरेका थिए। कांग्रेस र एमालेबाट चार–चारजना मन्त्री नियुक्त भए पनि उनीहरू विनाविभागीय छन् । लुम्बिनीमा मन्त्रिपरिषद् गठनका विषयमा एमाले र कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित