युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरु चीनको नानहाई बौद्ध एकडेमी, चीनमा ग्रेजुएट भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई (टुप्लस टु) सम्झौता अन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी नानहाई अध्ययनका लागि पुगेका थिए ।
स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय अध्ययन गरिरहेका विद्यार्थीहरुमध्ये पहिलो पटक ३४ जना विद्यार्थी चीन पुगेका हुन् । उनीहरुले अध्ययन सकेको अवसरमा नानहाईले ग्राजुएसन समारोह आयोजना गरेको थियो । चार वर्षे कोर्ष अन्तर्गत पहिलो चरणमा तीन वर्ष लुम्बिनीमा अध्ययन गरेका विद्यार्थीहरु एक वर्ष अध्ययनका लागि चीनको नानहाई एकेडेमीमा पुगेका हुन् ।
केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी क्याम्पस बुटवलका विद्यार्थीहरुले दुई सेमेष्टरको कक्षा सकेका छन् । उनीहरुको ग्रेजुएट समारोहमा नानहाईका अध्यक्ष मास्टर इनसुन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागिता रहेको थियो ।
नानहाई एकेडेमीमा हरेक वर्ष ४० जना विद्यार्थी अध्ययन गर्न जानेछन् । विश्वविद्यालयले एकेडेमीसँग दुई जोड दुई (टुप्लस टु) सम्झौता गरेसंगै ट्राभल एण्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थीहरुले दुई वर्ष लुम्बिनी र दुई वर्ष चीनमा अध्ययन गर्ने विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्काले जानकारी दिए ।
चीनमा अध्ययन सकेका विद्यार्थीहरुले लुम्बिनी बौद्धबाट अन्तिम प्रमाणपत्र प्राप्त गर्दैछन् । अध्ययन सकेका अधिकांश विद्यार्थीहरुले रोजगारीका लागि अवसर पाइसकेको खड्काले बताए । कतिपय विद्यार्थीहरुले चीनमै स्नातकोत्तर अध्ययन गर्ने पूर्णछात्रवृत्ति प्राप्त गरेका छन् ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रमा पनि बुटवल सिटी क्याम्पसमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषयमा भर्ना खोलेको छ । दुई जोड दुई (टुप्लस टु) अन्तर्गत बुटवलमा दुई वर्ष कक्षा सकेपछि थप दुई वर्ष अध्ययन गर्न चीन जानेछन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीको क्षमतामा बृद्धि देखिएको जनाइएको छ ।
विश्वविद्यालयले कानून तर्फ बीएएलएलबी र भाषातर्फ बिसिटीओएलमा पनि भर्ना खुलाएको छ । बिसिटीओएल पढ्न चाहाने विद्यार्थीहरुका लागि चन्दादाताबाट पूर्ण छात्रवृत्ति व्यवस्था गरिएको जनाइएको छ ।
विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत चीनको युनान विश्वविद्यालयका विद्यार्थीहरु नेपाली पढ्नका लागि लुम्बिनीमा आउने गरेका छन् । पहिलो ब्याचमा ९ जना विद्यार्थीले एक सेमेष्टर लुम्बिनी पढेर फर्किएका छन् ।
विश्वविद्यालयले विदेशी विद्यार्थी आकर्षित गर्नेगरी छोटो अवधिका शैक्षिक कार्यक्रम पनि शुरु गर्न थालेको छ । बौद्ध अध्ययन संकायमार्फत सर्ट टर्म कोर्ष शुरु गर्न लागिएको डिन डा. माणिकरत्न शाक्यले जानकारी दिए ।
विश्वविद्यालयले मानविकी संकाय अन्तर्गत एक महिनेदेखि छ महिने अवधिका सीप मूलक कार्यक्रम समेत शुरु गरेको छ । समुदायसंग विश्वविद्यालय कार्यक्रम अन्तर्गत हप्पिटालिटी अन्तर्गतका सीपमूलक शैक्षिक कार्यक्रम शुरु गरिएको हो । हाल विश्वविद्यालयमा करिव २१ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित