तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

२५ लाखको लगानीमा बुटवलमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मैत्री पथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ ।

हाडजोर्नी, मांसपेसी र नशा सम्बन्धी रोगहरुको उपचार गर्नेगरी फिजियोथेरापि चिकित्सकद्वय अवनिश खड्का र शुसिल चन्द्र अर्यालको संयुक्त २५ लाख लगानीमा सेन्टर सञ्चालनमा आएको हो ।

नेपालमै पहिलो पटक गन्सटेड काईरोप्राक्टिक तथा काठमाण्डौ पछि पहिलो पटक सकवेभ उपचार पद्धतिको सेवा सहित उपचार गर्नेगरि शुक्रबारबाट सेवा शुरु गरेको हो ।

सेन्टरको एक कार्यक्रमका बिच उद्धाटन गर्दै बरिष्ठ नसा रोग विशेषज्ञ डा. राजिव भण्डारीले नशा तथा हाडजोर्नीको उपचारमा थेरापीको भूमिका महत्वपूणर् रहने बताए ।

उनले बिदेशतिर उपचार पछि आवश्यक फिजियोथेरापी बिना बिरामी घर नपठाउने गरेको भएपनि नेपालमा त्यस्तो अवस्था नभएकोले सेन्टर सञ्चालनले निकै राम्रो सन्देश दिएको बताए ।

उनले बुटवल क्षेत्रमा यो किसिमको सेवा शुभारम्भ गरकोमा शुभकामना ब्यक्त गर्दै आफ्नो क्षेबबाट हुनसक्ने सहयोग गर्न प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै सञ्चालक अवनिश खड्काले गन्सटेड काईरोप्राक्टिक पद्धिती नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको र भारतमा आफुले अध्ययन र काम गरेर बुटवलमा सेन्टर स्थापना गरेको बताए ।

सेन्टरबाट काइरो प्राक्टीक सेवा, म्यानुअल मेडिसिन सेवा, सकवेभ थेरापी सेवा , लेजर थेरापी, ड्राईनिडलिङ थेरापी सेवा, कपिङ थेरापी, टेपिङ थेरापी, स्पाईन एडजस्टमेन्ट, र पोस्चर करेक्सनका गरिने सञ्चालक खड्काले बताए ।

अर्का सञ्चालक शुसिल चन्द्र अर्यालले सेन्टरबाट उपलब्ध हुने सेवा सुविधाहरुको बारेमा बताउँदै शुभारम्भको अवसरमा निशुल्क परामर्श सेवा तथा ल्याब टेस्टमा २० प्रतिशत र सम्पूणर् उपचारमा २५ प्रतिशत छुट प्रदान गरिएको बताए ।

उनले ढाड कम्मर दुख्ने जोर्नि खिईने, घोडा दुख्ने, गर्धन दुख्ने, कुहीना दुख्ने कुरकुच्चा दुख्ने, हात खुट्टा पोल्ने, झमझमाउने, सिल्का हान्ने, खेलकुदमा हुने चोटपटक, अपरेशन हुनु अघि र पछिको पुर्नस्थापना, बाथ, युरिक एसिड, लिगामेन्ट चेतिएको, मिनिस्कस ईन्जुरी, पक्षघात, पार्किन सोनिजम , जिबिएस, स्पाईनल कर्ड ईन्जुरी, सेरेवल पाल्सी, अटिजम तथा सम्पुणर् हाडजोर्नि ,मांसपेसी र नशा सम्वन्धी समस्याहरुको उपचार गरिने जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित