तीन महिनामा बुटवल–नारायणगढ सडकको काम सम्पन्न नभए ठेक्का तोड्ने तयारी रुपन्देहीको सैनामैनाबाट नगद सहित २० जना जुवाडे पक्राउ चीन भ्रमणमा जाँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत अर्घाखाँची दुर्घटनाका घाइतेको बयान- देउसी खेल्ने र हेर्नेलाई बसले सोहोरेर लग्यो, म दुई पांग्राबीच परेर बाँचेँ रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान रविलाई तिहार लगत्तै बुटवल ल्याइने भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा म्यानमारका संस्कृतीमन्त्री यूटिन द्वारा लुम्बिनी भ्रमण लुम्बिनी सरकारको सय दिन : सडक निर्माणदेखि सुशासन कायम गरेको मुख्यमन्त्रीको दाबी                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका छन् ।

बुटवलमा रहेको प्रमुख प्रमुखको कार्यालयमा बिहान प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ गरेपछि करिब ३ घण्टाको गाडी यात्रापछि देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिउँसो पदभार ग्रहण गरेका हुन् ।

प्रदेश राजधानी देउखुरीमा भएपनि प्रदेश प्रमुखको कार्यालय अझै बुटवलमै रहेको छ । अर्घाखाँची क्षेत्र १ (१) का आचार्य यसअघि तीन पटक मन्त्री भएर काम गरेको अनुभव छ । एमाले संसदीय दल उपनेता आचार्य कानुनमा स्नातक उतीर्ण छ । एमालेभित्र पुसमा संसदीय दलको नेता चयन गर्ने बेला दलका नेता लिला गिरी पहिलो चरणमा मुख्यमन्त्री हुने र उपनेता आचार्य दोस्रो चरणमा मुख्यमन्त्री हुने भद्र सहमति अनुसार आचार्य कांग्रेस–एमालेको गठनबन्धनबाट आचार्य मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री आचार्यसहित एमाले र कांग्रेसका चार/चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । विनाविभागीय आठ जना मन्त्रीलाई छिट्टै मन्त्रालयको जिम्मेवारी तोकिने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित