तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट बैंगलोर पनि उडान गर्ने

नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ ।

एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ ।

१२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो ।

जसअनुसार हरेक मंगलबार हङकङ र दिल्लीका लागि पनि एयरलाइन्सले भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।

नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।

यस्तै १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ ।

यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राफभल एजेन्सीबाट टिकट काट्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित