बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो लुम्बिनीका ‘धनी सांसद’मा नैतिकताको खडेरी (ईन्फोग्राफिक्स सहित) तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’ लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन तिलोत्तमाबाट देखिएको खुलेको आकाश (फोटो फिचर) धेरै भूभागमा पानी पर्दै, अबको ३ दिन कता-कता छ भारी वर्षाको सम्भावना? बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ? रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा                
समाचार :

काठमाडौंमा घर खोज्दै जानकी

बुटवल । महिलाहरुको महान चाँड हरितालिका तीज नििजकंदै गर्दा नयाँ नयाँ गीत सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।

कलाकारहरुले विभिन्न लय र भाकामा सन्देशमूलक तीजगीत निकालिरहेका छन् । यसैक्रममा गीतकार÷संगीतकार जानकी पन्थले नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा ल्याएकी छन् । उनको गीति एल्बमको काठमाडौंमा रिलिज गरिएको छ ।

पन्थले केही पृथक र सबैले भोगेको साझा समस्यालाई गीतमा ढाल्ने प्रयास गरेकी छन् । पहाडतिरबाट मानिसहरु अवसर खोज्दै काठमाडौंलगायतका सहरमा भौतारिनुपरेको, जसका कारण गाउँको विकास समेत पछाडि परेको, नागरिकले समेत अवसर नपाएको जस्ता विषयलाई उजागर गरेर उनले आफ्नै गाउँ फर्कनुपर्छ भन्ने सन्देश गीतमार्फत दिएकी छन् ।

गाउँको विकास भए सहर बजारतिर झरेका मानिसले पनि आर्थिक रुपमा प्रगति गर्न सक्ने र घर किन्ने सोंचलाई साकार बनाउन सकिने उनको गीतको सन्देश छ । गीतको रेकर्डिङ काठमाडौंको म्यूजिक नेपालमा गरिएको छ ।

गीतमा शब्द÷संगीत जानकी पन्थको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

अस्मिता अधिकारी र आलिफ खानको स्वर रहेको गीतमा कलाकार अनु साह, यशराजका साथै बालकलाकार आदित्य र हृदयाले अभिनय गरेका छन् ।

आदित्य र हृदयाले यही गीतबाट डेब्यु गरेका हुन् । बालकलाकार हृदया जानकी पन्थकी छोरी हुन् भने आदित्य म्यूजिक नेपालका लेखा अधिकृत यादव बरालका छोरा हुन् ।

गीतको छायाँकन टिकाथली, ललितपुर÷सुकेधारामा गरिएको छ । भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन् । गीतकार संगीतकार हुँदै गायिकाको समेत परिचय बनाएकी जानकी पन्थले गीतको निर्माण, निर्देशन, मोडलिङ समेत गरी ६ वटा क्षेत्रमा अगाडि बढी अलराउन्डरको परिचय दिएकी छन् ।

‘हेर्दा हेर्दै यसपालीको तीज पनि आएछ, हाम्रो माया बसेको नी चार वर्ष लाएछ, चन्चल भो मन जब तनमा, वैश चढ्दै गयो भन्छन् अब घरमा, ज्वाई खोज्ने बेला भयो‘’ तीजको एल्वम उनले यसअघि नै निकालिसकेकी छन् ।

त्यस अगाडि जानकीले २०६५ सालमा निकालिएको ओए बुढा, २०६६ सालमा निकालिएको पल्लाघरे लाहुरेले लान्छ अरे बाई र २०६७ सालमा बबाल तीज गरी ३ ओटा तीज एल्बम हल्ला चल्छ चलिरहन देउ, २०६६ लोकदोहोरी एल्बम, संघार २०६८ तथा जीत २०७० समेत उनले आफ्नै एकल शब्द र संगीतमा एल्बम निकालिसकेकी छन् ।

कतिपय गीतमा उनले अभिनय समेत गरेकी छन् । आफ्नो क्षमताको पनि परीक्षण गरौँ भनेर आफैले निर्देशन गर्न शुरू गरेको जानकी बताउँछिन् । अहिलेसम्म एकसय भन्दा बढी गीत आफूले रचना गरिसकेको उनले बताइन् ।

स्वर्गीय मामा लक्ष्मीनाथ अधिकारीको हौसलाबाट कविता र गजलहरु लेख्न सिकेकी पन्थ आफुलाई गीतकार भनेर अरुले चिन्न थालिसकेपछि मात्र यो क्षेत्रम प्रवेश गरेको अनुभुति भएको बताउँछिन् ।

जानकी पन्थले चलचित्रमा लेखेका गीत पनि लोकप्रिय भएका छन् चलचित्र जिन्दगानी दर्पण छायाँको शीर्ष गीत उनको पहिलो रेकर्डेड गीत हो । ‘यो क्षेत्रमा लागे पछि धेरै माया गर्ने श्रोता र दर्शक पाएकाले थप उर्जा प्रदान गरी हौंसला मिलेको छ ’ जानकी भन्छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार