रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीकाे प्रेम बसेपछि‍‍‍…

गायक यश कुमारकाे म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल बजारमा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएकाे याे म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेमकथा छ ।

नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन् भने सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन् । गायनमा यशलाई अनु चाैधरीले साथ दिएकी छिन् ।

नगर प्रहरी र सडक व्यापारीबीचकाे द्वन्द्वबाट सुरु हुने कथा प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिएर टुंगिन्छ ।

यश कुमारकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाले पनि अभिनयमा साथ दिएका छन् । म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतकाे शब्द र संगीत पनि यशकाे आफ्नै हाे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार