मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नयाँ ऐन जारी पछि रुपन्देहीमा १५ दिनको अवधिमा १ हजार बढिले लिए नागरिकता

बुटवल । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ ।

यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन ।

रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगांवावाट नागरिकता दिने काम भइरहेको छ ।

लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म जन्मसिद्धका सन्तानका आधारमा नागरिकता कसैले पनि लिएका छैनन । उक्त ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन । रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयां प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताए ।

उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन २ जना आए पनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पु¥याएर आउन आग्रह गरिएको बताए ।

यस्तै प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयां प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताए । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयां प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।

बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।

बांके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।

नवलपरासीमा एक हजार ५५, कपिलबस्तुबाट ७७३, दाङ बाट ३६ पाल्पाबाट ३ गुल्मीबाट ४ र अर्घाखांचीमा १ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको बताइएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित