मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीको कृषि विकास निर्देशनालयलाई बजेट सक्न भ्याईनभ्याइ, कोठे कार्यक्रम धमाधम

बुटवल । चालु आर्थिक बर्ष सकिनै लाग्दा लुम्बिनीको कृषि विकास निर्देशनालय लाई बजेट सक्न भ्याईनभ्याइ छ ।
आर्थिक बर्ष सकिन लाग्दा बजेट सकाउने मेसोमा निर्देशनालयका निर्देशक, कर्मचारीहरु लागि रहेका छन् । बुटवलका स्तरिय होटलमा दैनिक जसो अन्तरक्रिया र गोष्ठीका कार्यक्रमहरु भइरहेका छन् ।
देशमा आर्थिक संकट हुन लागेको बताइरहँदा कोठे कार्यक्रममा गरिने यस्ता गोष्ठी र अन्तरक्रिया कार्यक्रम केवल बजेट सक्ने र भत्ता पचाउने बाहेक केही नभएको भन्दै हरेक बर्ष जसो आलोचना हुने गरेको छ । तर कर्मचारीहरुले गोष्ठी, अन्तरक्रियाकै नामबाट कार्यक्रम राखेर बर्षेनी यस्ता कोठे कार्यक्रम गरिरहेका छन् ।
निर्देशनालयले दुई दिन लगातार एकै ठाउँमा अन्तरक्रिया र गोष्ठी गरेको छ ।
बुटवलको न्यू इरा होटलमा असार ८ गते बालि विशेष (केरा बाली) सञ्जाल गठन तथा किसान संग अन्तरक्रिया कार्यक्रम गरेको हो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट केरा खेतीमा लागेका किसान तथा सञ्जालका सदस्यहरुको सहभागीता उक्त कार्यक्रममा रहेको थियो ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर प्रमुख अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालयका प्रमुख राम प्रसाद पाण्डे, बाल संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत आशा भण्डारी, कृषि अधिकृत दयाराम बस्याल, कृषि अर्थ विज्ञ डिल्लीराज पौडेल लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै असार ९ गते सोही होटलमै निर्देशनालयको आयोजनामा ‘स्मार्ट कृषि गाउँ कार्यक्रममा सरोकारवालासंगको अन्तरक्रिया’ गरियो । यहाँ पनि लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर प्रमुख अतिथि रहेका थिए । त्यस बाहेक कार्यक्रममा कृषि व्यवसायी प्रर्वद्धन तथा सहयोग तालिम केन्द्र खजुरा बाँकेका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी विकास अधिकृत सुनौना बराल, कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटा, प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे, कृषि तथा भुमि व्यवस्था मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा घनश्याम चौधरी, कृषि अधिकृत दयाराज बस्याल, कृषि ज्ञान केन्द्र रुपन्देहीका कृषि प्रसार अधिकृत अनील वानिया, कृषि ज्ञान केन्द्र नलपरासीका निमित्त प्रमुख सन्तोष चौधरी सहित प्रदेशका ९ वटा कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो । नतिजामुखी कार्य नगरेको भन्दै आलोचित समेत बनिरहेका अहिर यस्तै कोठे र गोष्ठीका कार्यक्रममा पुग्न भ्याइनभ्याइ भएको छ ।
सोही कार्यक्रममा सहभागि मध्ये एकले उक्त कार्यक्रम परिणाम मुखी भन्दा पनि बजेट सकाउने मेसो मात्र भएको बताए ।
हालै प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार यो निर्देशनालय पनि कृषि मन्त्रालयमै गाभिदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित