तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अबदेखि रेसुंगा विमानस्थलबाट बुधबार र शुक्रबार उडान हुने

बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हवाइ सेवा सुरु भएपछि यात्रुको चाप बढेको छ ।
नेपाल एयरलाइन्सको १८ सिटे जहाजले हप्तामा एक दिन काठमाडौं–गुल्मी उडान गरिरहेको छ । तर सिट क्षमताको चार गुनासम्म टिकटको माग भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सका स्टेसन प्रमुख सुमन थापाले बताए ।
अहिले सेड्युल अनुसार हप्तामा एउटा मात्र फ्लाइट भएको र थप फ्लाइट गर्न माग गर्दै चारैतिरबाट फोन आइरहेको उनले बताए । उनलेमाग बमोजिम टिकट पुर्याउन नसकेको र अहिलेको प्यासेन्जरको फ्लो अनुसार हप्तामा चार वटा पनि उडान हुन सक्ने देखिएको उनको भनाई छ ।
यात्रुको चाप बढ्न थालेपछि उडान थपेर हप्तामा दुई दिन गरिने तयारी गरिएको छ । अहिलेसम्म रेसुंगा विमानस्थलबाट शुक्रबार मात्र उडान हुंदै आएकोमा अब बुधबार पनि उडान गर्ने निर्णय भएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ ।
गत बैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु गरेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित