तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

१ अर्बको लगानीमा करेन्ट चाउँचाउँको नयाँ उद्योग कपिलबस्तुमा सञ्चालन हुँदै

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा करेन्ट र लाली लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
करेन्ट ब्रान्डका चाउचाउको माग अत्यधिक हुन थालेपछि यशोदा फुड्सले यही ब्रान्ड उत्पादन गर्न अर्को उद्योगको स्थापना गर्न लागेको हो । यशोदा फुड्सले तिलोत्तमामा उद्योग सञ्चालन गर्न थालेको ६ वर्ष पनि पूरा नहुंदै कपिलवस्तुमा अर्को युनिट थप्ने भएको हो ।
करेन्ट चाउचाउ र यसको हट एन्ड स्पाइसी गरी दुबै ब्रान्डको माग बजारबाट धेरै आइरहेको र त्यसैले अर्को उद्योग ल्याउनु परेको उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले बताए ।
उनले यशोदा फुड्सले करेन्ट ब्रान्डमा गुन्द्रुक र सिन्कीको स्वाद तथा सुगन्धमा पनि चाउचाउ उत्पादन गरिरहेको र बजारमा यसको माग पनि अत्यधिक भएको दाबी गरे । उनले करेन्ट ब्रान्डका चाउचाउको माग भारतीय बजारमा पनि राम्रो भएकाले नियमित रूपमा निर्यात भइरहेको बताए । सञ्चालक पौडेलले चनौटामा ४ बिघा जमिन खरिद गरेर यशोदा फुड्सले २०७९ माघ देखि पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिए ।
पौडेलले आगामी सन २०२४ देखि नयां उद्योगबाट उत्पादन सुरु हुने बताए । यसका लागि चीनबाट चाउचाउका मेसिन आयात गर्ने काम भइरहेको छ । तिलोत्तमामा भएको उद्योगमा चाउचाउका साथ विभिन्न प्रकारका स्न्याक्सको उत्पादन गरिन्छ । तर चनौटामा भने चाउचाउको मात्र उत्पादन गरिनेछ । उद्योगले वार्षिक साढे १२ हजार टन चाउचाउ उत्पादन गर्नेछ । सञ्चालक पौडेलले उद्योगको स्थिर पुंजी ८४ करोड भएको र चालु पुंजीसहित १ सय करोडभन्दा बढी लगानी हुने देखिएको बताए ।
उनले कपिलवस्तुको नयां प्लान्टमा ३ सय जनाभन्दा बढीले रोजगारी पाउने बताए । कपिलवस्तुको चनौटामा उत्पादन सुरु भएपछि यशोदा फुड्सले कोशी प्रदेशमा चाउचाउकै अर्को युनिट थप्ने लक्ष्य राखेको छ ।

यो पनि

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित