मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

‘करेन्ट’ चाउचाउ विदेशमा पनि लोकप्रिय बन्दै, एक वर्षमै १ करोड अमेरिकी डलरको निर्यात

रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ अब विदेश पनि निर्यात हुन थालेको छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकहरूमा निर्यात गर्न थालिसकेको छ ।

कम्पनीले चालु वर्षको वैशाखसम्ममा १ करोड अमेरिकी डलरभन्दा बढीको करेन्ट चाउचाउ निर्यात भएको दाबी गरेको छ । अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको स्वादिलो करेन्ट चाउचाउ विदेश बजारमा रुचाइएकाले विदेशी बजारमा यसको माग अझ बढ्दै जान थालेको कम्पनीले जनाएको छ ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको यस कम्पनीले देशभर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग १५ हजार जनालाई रोजगारी पनि दिइरहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, करेन्टले देशका पाँच जिल्लाका १० हजार किसानलाई समेत बजार दिँदै आएको छ । करेन्टले देशभर करिब ३० हेक्टर जमिनमा अकबरे खुर्सानी खेती गर्नेलगायत मकवानपुरमा प्रयोगमा नआएको जमिनमा खुर्सानी खेतीलाई प्रोत्साहन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा थोरै भए पनि टेवा पुर्‍याउन सकेको कम्पनीको भनाइ छ । देशको खस्कँदो अर्थतन्‍‍‍त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ ।

करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषिक्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरिब र सीमान्तकृत बालबालिकाहरूलाई छात्रवृत्तिलगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरू पनि गर्दै आएको छ ।

पिरो चाउचाउ भन्नेबित्तिकै विदेशी ब्रान्ड सम्झिने नेपली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उद्देश्यले सञ्चालनमा आएको करेन्टले छोटै समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ ।

दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लोकप्रियहुँदै गएको करेन्ट रोजगारी र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि अरु ब्रान्डको तुलनामा निकै राम्रो मानिन्छ । स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरू यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकाले यसलाई धेरै मानिसहरूले रुचाएका छन् ।

कम्पनीले बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरू लाभान्वित हुने देखिएको छ । देशको अर्थतन्‍‍त्रमा करेन्टजस्ता व्यवसायहरूको योग्दानको चर्चा गर्दै वरिष्ठ अर्थशास्त्री डा. प्रतीक झा भन्छन्, ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिबीको घाउमा मलम लगाउन, राष्ट्रलाई परनिर्भरताबाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारका तिता र कहालीलाग्दा कहानीहरूमा मीठा रङहरू भर्दै छ ।’

नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशका लागि एउटा गर्वको कुरा भएको साथै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोच राख्नेहरूका लागि एक उत्कृष्ट उदाहरण भएको कम्पनीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित